यादवसहित चार प्रदेश सांसद पदमुक्त

बाँकेबाट लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य विजय बहादुर यादव सहित चार सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोष कुमार पाण्डेय, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । पार्टी निर्णय विरुद्ध अविश्वासका विपक्षमा लागि मन्त्री समेत नियुक्त यादव सहित चार जनालाई पार्टीले कारबाही गरेको थियो ।

पार्टीले प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट ती सदस्यलाई निष्कासन गरेको हो। संसद सचिवालयले सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीले निष्कासन गरेको जानकारी गराएको हो। यसअघि मुख्यमन्त्री शंकर पोखरेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

प्रतिक्रिया