अनुचित ब्यापारिक क्रियाकलाप नगरी सेवा भावले व्यवसाय संचालन गर्न उपभोक्ता हित संरक्षण समितिको आग्रह
कोहलपर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको बैठकले अनुचित ब्यापारिक क्रियाकलाप नगरी सेवा भावले ब्यशाय संचालन गर्न उद्योगी ब्यवसायीलाई आग्रह गरेको । उपप्रमुख सन्जु कुमारी चौधरीको अध्यक्षता बसेको बैठकले कोरोना माहामारीको मौका छोपी कालो बजारी नगर्न र सेवा भावले आम उपभोक्ताहरुलाई गुणस्तरिय दिन आग्रह गरेको बैठकमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
बैठकमा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समिति सदस्य डिल बहादुर परियार, सदस्य सचिव बिर बहादुर बिके, नगर स्वास्थ्य शाखा प्रमुख गेहराज खनाल, कोहलपुर उद्योग बाणिज्य संघका सीता कार्की, इप्रका कोहलपुरका प्रहरी नायव उपरिक्षक रबिन्द्र खनाल, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल लगायतको सहभागिता रहेको थियो । बैठकले अनुचित ब्यापारिक क्रियाकलाप रोक्नी उपभोक्ता अधिकार संरक्षणका लागी बजार अनुगमन गर्ने र दोषीलाई कडा कारवाही गर्ने निर्णय गरेको जनाएको छ ।