नेपालगन्ज नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनको कार्यलाई निरन्तरता दिएको छ ।
यस क्रममा मंगलवार औषधी र सर्जिकलजन्य पसलहरुको अनुगमन गरेको छ । अनुगमन गरिएको केहि औषधी पसलमा ब्यवशायी बिनै औषधी पसल संचालन गरेको पाईए पछि संचालनमा रोक लगाईएको अनुगमन समितिले जनाएको छ ।

नेपालगंजका विभिन्न औषधि र सर्जिकल पसलको अनुगमन गर्ने अनुगमन टोलीले क्रममा अक्सिमिटर, सेनीटाइजर जस्ता अत्यावश्यक बस्तुको मुल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरि लेवलमा अधिकतम खुद्रा मुल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका सेनीटाइजर बिक्रि गर्ने एक सर्जिकल पसललाई तत्काल दुइ लाख रुपैयाँ जरिवाना गरि लेवलमा केरमेट गरिएका अक्सिमिटर लगायतका वस्तु बिक्रि नगरी फिर्ता गर्न निर्देशन दिईएको बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
अनुगमनका क्रममा औषधी पसलमा ब्यवशायी बिनै अन्य अनधिकृत ब्यक्तिले औषधी बिक्रि बितरण गरेको र अक्सिमिटर, सेनीटाइजर जस्ता अत्यावश्यक बस्तुको मुल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरि लेवलमा केरमेट गर्ने गरेको पाईएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
अनुगमनमा बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल, सोही कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत राम कुमार सोनकर, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतम, औषधी ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगंजका लोकेश गिरी, नेपालगंज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समिति सदस्य सचिव दिपेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।