अक्सिजनको अभाव छैनः अनुगमनकर्ता

अक्सिजन अभाव भैरहेको भन्ने खबर सार्वजनिक भैरहेका बेला वास्तविकता बुझ्न बाँके परसपुरमा रहेको र नेपालकै ठूलो मध्यको एक “एच. ओ. अक्सिजन इन्डष्ट्रिज“ को अनुगमन गरिएको छ ।
अनुगमनकर्ता अधिवक्ता बसन्त गौतमले उद्योगका म्यानेजर दिपक केसीलाई उदधृत गरि दिएको जानकारी अनुसार, बजारमा हल्ला भए जस्तो उद्योगमा अक्सिजनकोको कमी छैन । नियमित बिद्युत आपुर्ति भैरहे अक्सिजनको कुनै अभाव हुँदैन । हाल माग नभएका कारण उद्योगको क्षमता अनुसारको उत्पादन अझै हुन सकेको छैन । यस हिसावले हेर्दा अक्जिनको कमी भनेर आत्तिनु पर्ने अवस्था छैन ।
अनुगमनबाट निम्न कुराहरुको अवगत भएको अधिवक्ता गौतमले जानकारी दिएका छन् ।


१। अक्सिजन नियमित उत्पादन भैरहेको । बिद्युत आपुर्तिमा सहजता भए । अक्ससिजन उत्पादनमा कुनै कमि नहुने । एक दिन बिद्युत गएमा भए । उत्पादनमा गंभिर असर परि अक्सिजन अभाव हुने उद्योगले जनाएको ।
२। उद्योगले द२४ घण्टामा ११ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गर्ने क्षमता रहेकोमा हाल दैनिक ८ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन गरिरहेको । यस हिसावले हेर्दा क्षमता भन्दा
कम खपत भैरहको । माग बढेमा उत्पादन बृद्धि गर्न सकिने उद्योगले जनाएको ।
३। भेरी अस्पतालले यस अघि दैनिक ४०, ५० सिलिण्डर अक्सिजन लाने गरेकोमा हाल २०० देखि ४०० सिलिण्डरसम्म लागे गरेको । भेरी अस्पताल लगायत नेपालगंजका अन्य अस्पतालबाट
गरि दैनिक सरदर ४ सय सिलिण्डर माग हुने गरेको माग बमोजिम अक्सिजन ग्यास सिलिन्डर सहजरुपमा आपूर्ति भैरहेको ।
४। अक्सिजन सिण्डर सोलसेल मुल्य ठुलो सिलिण्डर ६ सय र सानोको ४ सय रहेको ।
५। नेपालकै ठुलो अक्सिजन उद्योग भएकाले बुटवल देखि महेन्द्रनगरसम्म अक्सिजन निर्यात हुने गरेको । बुटवलमा पनि एक एदोग रहेकोमा त्यहाँ उत्पादन बन्द हुदा यहि उद्योगबाट माग गरि
बितरण गर्ने गरेको उद्योगल जनाएको ।
६। अक्सिजन राख्ने सिलिण्डर भारतको भन्दा चिनको उत्पादन राम्रो रहेको । सिलिण्डरको कमीका कारण क्षमता भन्दा ३०० सिलिण्डर कम उत्पादन गर्न सकिएको । सिलिण्डरको कमीका कारण
स्टक बढी राख्न नसकिएको । हाल बजारमा हल्ला भएजस्तो अक्सिजनको कमी नरहेकोले बिद्युत आपुर्ति नियमित भैरहेको उत्पादनमा कमी र उत्पादनमा कमी नहुने ।
७। अक्सिजनको अत्याधिक माग भैरहेको अहिलेको अत्यन्त जटिल र समवेदनशील समयमा नागरिकको जिउ ज्यानको सुरक्षालाई ध्यानमा राखेर अक्सिजनको कमि नहुने गरि माग बमोजिम पूर्ण
क्षमतामा सन्चालन गर्न उद्योगलाई सुझाव दिइएको ।
अनुगमनमा अधिकारकर्मी वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल सोही कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया