संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा. प्रकाश थापाले पुष्टि गरेका छन् । उनी फातिमा फाउण्डेसनकी अध्यक्ष समेत हुन् ।
नेपालगन्ज– ३ निवासी ७२ वर्षीया महिला नेतृ सिद्दीकी संक्रमण अघिसम्म मानवीय सेवामा कार्यरत रहेको उनका सहकर्मीले जनाएका छन् । चैत्र २८ गते संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी सिद्दीकीलाई श्वासप्रश्वासको समस्या जटिल बन्दै गएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले करिब ८ बजेतिर सिद्दीकीको निधन भएको अस्पताललाई उद्धृत गर्दै जनाएको हो ।
पछिल्लो ७ जनाको बाँकेमा कोरोना संक्रमणको कारण निधन भएको छ ।
(मिति २०७७ बैशाख ११ गते)