बाँकेमा २१३ संक्रमित थपिए

कोरोना संक्रमणको हटस्पट बन्दै गएको बाँकेमा सोमवारमात्रै २१३ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा १८० र बागेश्वरी ल्याबमा ३३ जना संक्रमित बाँकेकामात्रै थपिएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार, पछिल्ले २४ घण्टमा कोरोना संक्रमितको संख्या झनै उच्च देखिएको छ ।

भेरी अस्पतालमा मात्रै २१९ जनामा संक्रमण पुष्टि भएको हो । ३७५ जनाको स्याम्पलमा २१९ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका १८० र बाहिर जिल्लाबाट ल्याइएका ३९ जना छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, वागेश्वरी ल्याबको तथ्यांकमा ३३ जना बाँकेका र ४ जना बाहिर जिल्लाका छन् ।

कोरोना कहरमा बाँकेः भेरीमा मात्रै २१९ थप संक्रमण पुष्टि

प्रतिक्रिया

प्रतिक्रिया