कोरोना कहरः पाँच जनाभन्दा बढी भेला हुन रोक

जहाँ भिड, त्यहाँ कोभिडः नेपाल–भारत सीमा नाका जमुनाहमा भारततर्फ जान तम्तयार अवस्थामा । दैनिक हजारौंको आवागमन हुने यो नाकामा अझैपनि भिड रोकिएको छैन । आउनेको संख्या अझैै निकै छ । (तस्विरः हारुन कबीर/दैनिक नेपालगन्ज)

सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । सरकारले कोरोना नियन्त्रणमा संवेदनशील भएर अगाडी बढेपनि कार्यान्वयन अवस्था फितलो छ । कोरोना संक्रमणको हटस्पट बनेको नेपालगन्जमा स्वास्थ्य मापदण्डको पालना पटक्कै गरिएको छैन भने, भिडभाड पनि उस्तै छ ।

प्रतिक्रिया

प्रतिक्रिया