बाँकेमा यसै मंगलबारबाट कोरोना विरुद्धको खोप सुरु गरिने भएको छ । गत फागुन २ देखि १० गते र माघ १४ देखि २४ गते पहिलो डोज लगाउनेहरुका लागि मंगलबारदेखि भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दोस्रो चरणको खोप दिन लागिएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, बाँकेमा पहिलो चरणका ९ हजार ८ सय ३३ जना मध्ये २ हजार २ सय ५० जनाले दोस्रो चरणको खोप पनि लगाइसकेका छन् । बाँकी ७ हजार ५ सय ८३ जनालाई दोस्रो चरणको खोप दिन लागिएको हो ।
सरकारले विभिन्न प्राथमिकतामा क्षेत्रमा जोखिमपूर्ण अवस्थाका नागरिकलाई पहिलो चरणको खोप लगाएको थियो । ‘६५ बर्ष उमेर समूह भन्दा माथिकालाई अहिले समय पुगेको छैन’, कोरोना फोकल पर्सन ओलीले दैनिक नेपालगन्जसँग भने ।