डिसीसीएमसीको बैठक शुरुः लकडाउनको निर्णय होला ?

भेरी अस्पतालमा १२७ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा ४५ जनामा कोरोना संक्रमण भेटिएपछि अवस्था झनै भयावह हुन सक्ने भन्दै नियन्त्रण प्रयासका लागि आवश्यक निर्णय लिन जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँकेको बैठक शुरु भएको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँकेको बैठक (तस्वीरः दैनिक नेपालगन्ज)

कोरोना संक्रमणको विस्तार नियन्त्रणका लागि अपनाइने आवश्यक रणनीतिबारे छलफल भइरहेको बैठकमा स्वास्थ्य मापदण्ड पालनाका लागि बजारमा भइरहेको लापरवाही र अटेरी नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने दबाब दिइएको छ । यद्धपि, व्यापक छलफलपछि आवश्यक निर्णय लिइने बताइएको छ । संक्रमण तिब्र विस्तारको चेन तोड्न पनि लकडाउन गर्नुपर्ने कतिपयको जोड छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) बाँकेको बैठक (तस्वीरः दैनिक नेपालगन्ज)

मास्क लगाउन आग्रह गर्दै सडकमा प्रहरी

प्रतिक्रिया

प्रतिक्रिया