चोरी घटनाका दोषीलाई बाँके प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । फरार अपराधीहरुलाई धमाधम समातिरहेको बाँके प्रहरीले जिल्ला बाँके साविक सोनपुर गाविस ६ हाल खजुरा गाउँपालिका ७ बस्ने बर्ष ३१ को लोहे तेलीलाई चोरी मुद्दामा फरार अवस्थाबाट पक्राउ गरेको हो ।
बाँके प्रहरीका अनुसार, जिल्ला अदालत बाँकेको मिति २०६९।०५।०३ गतेको फैसलाले २२ दिन कैद र सन्ताउन्न हजार जरिवाना तोकिएको थियो । निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले विहीवार निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले हालसम्म ५६९ जना फरार अभियुक्त पक्राउ परिसकेका र यो अभियान निरन्तर चलिरहेने जनाएको छ ।