नेपालगन्जमा झण्डा महोत्सव

नेपालगन्जमा साँस्कृतिक प्रस्तुतिसहित विविध कार्यक्रम गरिंदै

बुधवार नयाँ वर्षको पहिलो दिन । नेपालगन्जमा छैठौं राष्ट्रिय झण्डा दिवसको आयोजना गरिंदैछ । हरेक वर्ष वैशाख १ गतेलाई नेपालगन्जमा नेपाली झण्डा महोत्सव आयोजना गरि मनाइने गरिएको छ ।


पहिलो संस्करणदेखिनै नेपालगन्जमा आयोजनाको व्यवस्थापन गर्दै आएको अन्तरालले दिएको जानकारी अनुसार, भोलि बेलुकी ठिक ५ः२९ बजे नेपालगन्जको रामलीला मैदानमा महोत्सव शुरु हुनेछ । नेपालगन्जमा नागरिक स्तरबाट ६ वर्ष अघि शुरु गरिएको यस कार्यक्रमले अहिले देशव्यापी रुप लिइसकेको झण्डा महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
परिकल्पनाकार शाहका अनुसार, यसपटकको महोत्सवमा सहभागी हुन गायिका झुमा लिम्वु र कलाकारहरु नेपालगन्ज आउँदै छन् । संगीत अध्यता र लेखक समेत रहेकी गायिका लिम्वु प्रत्यक्ष संगीतमा मात्र गीत प्रस्तुत गर्छन् । संगीतमा गहिरो अध्ययन र अन्तराष्ट्रिय मञ्चहरुमा नेपली मैलिक बाजा र गायन प्रस्तुत गर्ने कार्यमा सक्रिय गायिका झुमा लिम्बु पहिलो पटक फेष्टिबलमा सहभागी हुन नेपालगन्ज आउन लागेकी हुन । उनले रातो र चन्द्र सूर्य लगायतका स्वदेश गान देखि नयाँ कालजयी गितहरु प्रस्तुत गर्नेछन् ।
अन्तरालका अनुसार, कार्यक्रममा प्रत्यक्ष संगीत रहनेछ । बाद्यवादकहरु प्रकशनमा पारस सुवेदी, गिटारमा संगीत सुब्बा सारंगीमा मनिष गन्दर्भ, वेस गिटारमा कृष्ण लिम्बु र ड्रममा अभय कृष्ण श्रेष्ठ छन् । ‘सहभागीकालागि प्रवेश निशुल्क रहनेछ ’ –अन्तरालका प्रमुख कार्यकारी शाहले दैनिक नेपालगन्जसँग भने ‘व्यक्तिगत दुरी र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्दै कार्यक्रम व्यवस्थापन गरिनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया