आचार्यको कार्यकाल: बारको प्रभावकारितामा बढोत्तरी

अधिवक्ता विकास आचार्य सफलतापूर्वक आफ्नो कार्यकाल आज सोमवार नव निर्वाचित अध्यक्ष शिव कुमार श्रेष्ठलाई हस्तान्तरण गर्दै उच्च अदालत बार एशोसिएशन नेपालगन्जको नेतृत्वबाट बाहिरिंदै गर्दा दैनिक नेपालगन्जका लागि पत्रकार बसन्त गौतमले सोधे, ‘तपाईंको उपलब्धी के हो ? १५ वर्ष देखि बारमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष आचार्यले मुस्कुराउँदै भने, ‘बारको प्रभावकारिता बढाउँदै ल्याएको छु ।’ सदस्य पदमा निर्वाचित भए पश्चात २०६६ सालमा सचिव पदमा उम्मेदवारी दिएका अधिवक्ता आचार्य सफलन नभएपनि २०६८ सालमा सचिव पदमा विजयी भए । तत्पश्चात सदस्यताको विषयलाई लिएर बारमा विवाद भई अन्ततः २०७२ सालमा अध्यक्ष पदमा उम्मेदवारी दिई पराजय पश्चात पुनः २०७५ सालमा अध्यक्ष पदमा निर्वाचित आचार्यसँगको सम्यक संवाद आजको अंकमा ।

विकास आचार्य
अध्यक्ष, उच्च अदालत बार एशोसिएशन नेपालगन्ज

कानून व्यवसायमा यहाँको प्रवेश कसरी भयो ?
मेरो जन्म बर्दिया जिल्लाको साविक कालिका गा.वि.स. वडा नं. २ मा भएको र गाउँमा रही माध्यमिक तह पूरा गर्दा गाउँमा भएका कुरिती कुसंस्कार, अन्धविश्वासलाई नजिकबाट हेरेको हुँदा कानूनको अध्ययन गरी नगारिक समाजको भूमिकामा आप्mनो उपस्थिति बहन गर्ने र कानूनी उपचारको लागि पहल गर्ने साेंचका साथ विधिवत रुपमा २०५५ साल देखि यस व्यवसायमा मेरो प्रवेश भएको हो ।

उच्च अदालत बार एशोसिएशन नेपालगन्जमा यहाँको पदारोहण कहिले देखि भएको हो ?
२०५० सालमा बर्दिया जिल्ला बाट उच्च शिक्षा अध्ययनको लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भएको थिए । सो क्रममा २०५१÷२०५३ सालमा आइएल र २०५५÷२०५८ सालमा बिएल पूरा गरी २०६१ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको थिएँ । बिएलको अध्ययन शुरु गर्दाको अवस्थामा पेशामा संलग्न रही आएको थिए । पेशामा संलग्न रहँदा बार एशोसिएशनको हरेक २÷२ वर्षमा हुने निर्वाचन हेर्दा आपूmलाई नेतृत्व लिन पाए बारको उचाई अगाडी बढाउने सोंच रही आएको थियो । २०६० सालमा सदस्यता प्राप्त गरी २०६१ सालमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिई पराजित भएको थिएँ । २०६४ सालमा पुनः सदस्य पदमा उम्मेदवारी दिएकोमा विजयी भई सोही समय देखि विधिवत रुपमा बारमा प्रवेश भएको थियो ।

अध्यक्षको हैसियतमा रहँदा गर्नु भएका मुख्य मुख्य कामहरु के के हुन् ?
मैले अध्यक्षको हैसियतले बारमा काम गर्दा २०६१ सालबाट सदस्य पदमा उम्मेदवारी दिई २०७५ सालमा अध्यक्ष पदमा निर्वाचित हुँदा सम्म कार्यसमितिका विभिन्न पदमा रही निरन्तर रुपमा काम गरेको अनुभवको आधारमा काम गरें । अध्यक्ष पदको जिम्मेवारी लिई काम गर्दा म भन्दा अग्रज अध्यक्षहरुले पदमा मात्र रही काम गरेको अन्य व्यवसायिक हकहित लगायत अन्य क्षेत्रमा बारको प्रभावकारी भूमिका भएको नदेखिएको हुँदा बारमा केही नयाँ काम गर्नु पर्छ भन्ने सोचका साथ काम गरेको थिएँ ।
काम गर्दा बारमा वार्षिक साधारण सभा हुने नगरेकोमा सो कार्यलाई लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमको रुपमा संचालन गरेको, वार्षिक लेखापरिक्षण हुने नगरेकोमा मेरो कार्यकालमा लेखापरिक्षकबाट लेखा परिक्षण गरी सार्वजनिक गर्ने गरेको, बार भवनको तला थप्ने श्रोत नभएकोमा श्रोतको व्यवस्थापन गरी तला थप्ने काम भएको छ ।
कोभिडको महामारीमा स–शरीर अदालतमा उपस्थित भई भौतिक रुपमा बहस पैरवी गर्न महामारीको कारण नसकिएको अवस्थामा अदालतसँग सहकार्य गरी भर्चुअल बहसको व्यवस्थापन मिलाएको हो । कोभिड महामारीको शुरुवाती अवस्थामा कारागारमा रहेका थुनुवाहरुको लागि बाँके जिल्ला अदालतबाट देवानी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिम दिएका निवेदनमा सुनुवाई नभएकोमा सो आदेशका उपर नेपाल बारका उपाध्यक्ष समेतको उपस्थिति, वरिष्ठ अधिवक्ता ज्यूहरु, पूर्व अध्यक्षहरु समेत निवेदक भई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरी कारागारबाट रकम जम्मा गरी छुटेका थिए । सो को अतिरिक्त कोभिड महामारीमा बारको अगुवाईमा यस क्षेत्रमा रहेका नागरिक समाज सहितको समूह बनाई बाँके जिल्लाको ८ वटै स्थानीय तहमा रहेका क्वारेन्टाइनहरुको निरिक्षण गरी सो सँग सम्बन्धित क्षेत्रलाई आवश्यक समन्वयको लागि पहल गरियो ।
लकडाउनको समयमा कालोबजारी भई मूल्य वृद्धि भएको र कृषकका उत्पादनहरु बजारीकरण नभएका कारण खेतमा नै कुहिएको अवस्था रहेकोमा बार र बेन्चको निरन्तर रुपमा बैठक बसी अत्यावश्यक सेवाहरु बन्दाबन्दीमा समेत सूचारु गरिएको थियो । बारको आप्mनै नामबाट यस वर्ष देखि वार्षिक क्यालेण्डर प्रकाशनमा ल्याइएको छ । त्यसका साथै बारको आप्mनै छुट्टै वेबसाइट समेत संचालनमा ल्याइएको छ ।
२७ वर्षसम्म निर्वाचन हुँदै आएकोमा हाल मेरो कार्यकालमा सहमतिको माध्यमबाट नयाँ कार्यसमिति चयन गरिएको छ, यसलाई पनि मैले एउटा उपलब्धीकै रुपमा लिएको छु, हाम्रो कार्यकालको ।

काम गर्दाका चुनौतीहरु के थिए ?
मैले काम गर्दा बार भवनमा भौतिक संरचनाहरु अभाव थिए । कार्यालयमा कुनै भौतिक संरचना अभाव नहुने गरी कार्यालय संचालन गरेको छु । बार र बेन्चको बिचमा रहेको चुनौतीलाई सबै समस्यामा छलफल गरी समाधान खोजेको थिएँ । यदाकदा बार र बेच्नका बिचमा हुने तिक्तता र न्याय सम्पादनमा हुने कामको विषयमा फरक देखिएकोमा बारले आप्mनो छुट्टै धारणा पत्रकार सम्मेलन गरी सार्वजनिक गरी आएको थिए । बारमा रहेका सम्पूर्ण सदस्य कानून व्यवसायी ज्यूहरु विभिन्न राजनीतिक दलमा आस्था रही निजहरु समेतलाई साझा विषय बनाएर सँगै लिएर जाने विषय चानचुने कुरो थिएन । तरपनि ति सबै विषयमा सबै कानून व्यवसायीले विश्वास जिती विभिन्न क्षेत्रमा काम गर्न सफल भएको थिएँ । नागरिक समाजसँग मानव अधिकारका साझा विषयमा सामूहिक धारणा बनाई बारले आप्mनो एजेण्डाको रुपाम समेत अगाडी बढाउँदै समेत आएको थियो ।
न्याय सम्पादनमा बारको भूमिका कस्तो पाउनु भयो ?
न्याय सम्पादन गर्दा अदालतबाट हुने आदेश र पैmसलाहरुलाई एकरुपता गराउन तर्पm मेरो पहल रहेको थियो । त्यसका साथै बालबालिका रहेका मुद्दालाई समेत समयमै अभियोजन गर्ने र तोकिएको समय भित्र पैmसला गर्न तथा न्याय क्षेत्र समन्वय समितिको बैठक समेतमा धेरै विषयमा छलफल गरी बारको भुमिका प्रस्तुत गर्ने काम भएको थियो । त्यसका अतिरिक्त बेलाबखतमा पीडितको तर्पmबाट बारमा आउने उजूरी तथा मुद्दाको सुनुवाई ढिला हुने सम्बन्धमा समेत जनताको तर्पmबाट सम्बन्धित अदालत तथा अर्धन्यायिक निकाय र प्रहरी समक्ष बारको तर्पmबाट गई न्याय सम्पादनको विषय र भर्खरै लागू भएको नयाँ संहिता अनुसार आप्mनो काम कारवाही गर्नको लागि पहल गरी आएको थिए ।

न्याय क्षेत्रका विकृती र विसंगती हटाउन स्वतन्त्र र जवाफदेही न्याय पालिकाको लागि बारको भूमिका त्यति प्रभावकारी बन्न नसकेको जन गुनासो छ तपाईको कार्यकालमा त्यसको लागि कस्तो कार्य गर्नु भयो ?
न्याय क्षेत्रसँग सम्बन्धित विकृती र विसंगति हटाउन हामीहरुले वरिष्ठ अधिवक्ता, पूर्व अध्यक्ष ज्यूहरु र सल्लाहकार समेतको बैठक बोलाई बेलाबेलामा यस सँग सम्बन्धित विषयमा छलफल गरी सुझाव दिने गरेको, अदालतबाट हुने पैmसलाको अध्ययन गरी एकरुपताको लागि सम्बन्धित अदालतलाई जानकारी गराउँदै आएको । विसंगति, विकृतिका विषयमा अदालतसँग सम्बन्धित कर्मचारी र बार एशोसिएनमा आबद्ध कानून व्यवसायी समेतलाई बेलाबेलामा बैठक बोलाई न्यायपालिकाको प्रभावकारी भूमिकाको लागि आ–आप्mनो जिम्मेवारी बहन गर्नको लागि पहल गरिएको छ ।
कानून व्यवसायीले पेशाका लािग जे पनि गर्ने व्यवसायिक आचारण पालन नगर्ने, पक्षलाई गलत कुरा सिकाउने आरोप लाग्ने गरेको पाइन्छ । बारलाई व्यवसायिक संस्था बनाउन कानून व्यवसायीलाई विश्वसनीय र मर्यादित र सेवामुखी बनाउन बारको भूमिका कस्तो हुनु पर्छ ?
कानून व्यवसायीले पेशाको लागि जे पनि गर्ने र व्यवसायिक आचारण पालन नगर्ने कुरामा मेरो सहमति छैन । कानून व्यवसायीले सो काम गरेको भएमा कानून व्यवसायी परिषद ऐन २०५० मा लेखिएको बमोजिमको प्रकृयाबाट व्यवस्थापन हुने हुँदा सो कुरामा कुनै सत्यता छैन । जहाँसम्म बारलाई व्यवसायिक संस्था बनाउने र कानून व्यवसायीलाई विश्वसनीय र मर्यादित बनाउने सन्दर्भमा बारमा आबद्ध रहेका सबै कानून व्यवसायीहरुलाई महिनामा एक पटक बार भवनमा बैठककको आयोजना गरी व्यवसायिक काम गर्दा हुने चुनौतीलाई व्यवस्थापन गर्ने वातावरण बनाई काम गर्नु पर्ने हुन्छ । व्यवसायिक बार हुनको लािग सबै कानून व्यवसायीको साथमा रही बिना विरोध र विवादको बिचमा सबै कानून व्यवसायीलाई साथमा लिई काम गर्न सकियो भने मात्रै अदालत र नागरिक समाजको नजरमा बारको भूमिका प्रभावकारी, मर्यादित र विश्वसनीय हुने कुरामा म विश्वस्त छु ।

अन्तमा बारको नयाँ नेतृत्वलाई के सल्लाह सुझाव दिन चाहनु हुन्छ ?
बारको नयाँ कार्यसमितिले मैले गर्न नभ्याएका काम र अदालत, नागरिक समाज तथा अन्य क्षेत्रसँग सहकार्य बनाउँदै जाओस् भन्ने सुझाव दिन चाहन्छु । जस अन्तर्गत कल्याणकारी कोष संचालन, बार भवनको अधुरो निर्माणलाई पूर्णता दिन, नबोदित कानून व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने गराउने, बार काउन्सीलबाट नयाँ कानूनको विषयमा विभिन्न तालिमको व्यवस्था मिलाउने र सबै कानून व्यवसायीलाई पेशाको दक्षता अभिवृद्धि गर्न कार्यक्रम संचालन गर्ने तथा वार्षिक कार्ययोजना प्रकाशित गरी सबै कानून व्यवसायीलाई जानकारी गराउने समेतको सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया

प्रतिक्रिया