इन्जिनियरले किन रोक्न सकेनन् गुणस्तरहीन निर्माण ?

६ करोड बढिको प्रशासकीय भवन बारे प्राविधिक अनविज्ञ


विनय दीक्षित
बाँके नरैनापुर गाउँपालिकामा निर्माण हुन लागेको प्रशासकीय भवन बारे गाउँपालिकाकै इन्जिनियरले अनविज्ञता प्रकट गरेका छन् ।
जिल्ला समन्वय समितिको ६ करोड ८० लाखमा निर्माण शुरु भएको गाउँपालिकाको प्रशासकीय भवनमा कमसल सामाग्री प्रयोग गरिएको, मापदण्ड विरीत निर्माण सामाग्री मिसाइएको, र भवन संहिताको ठाडो उलंघन भएको सन्दर्भमा प्राविधिकले छेकवार गर्दा समेत काम नरुकेको गुनासो बाहिर आएको हो ।
सर्वप्रथम त आयोजना बारे नै हामीलाई जानकारी छैन, गाउँपालिकाले कुनै प्रकारले हामीलाई समन्वय नगरेरै निर्माण सुरु गरेको हो, दैनिक नेपालगन्ज संग कुरा गर्दै नरैनापुर गाउँपालिकाका इन्जिनियर प्रदीप यादवले भने, ठेकेदारलाई गुणस्तरहीन र मापदण्ड विपरीत काम नगर्न दुई पटक रोकियो तर काम जारी छ ।
गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीका अनुसार जिल्ला समन्वय समितिबाट ४ करोड र गाउँपालिकाबाट ३ करोड ८० लाखकोे लागतमा प्रशासकीय भवन निर्माण हुन लागेको हो । यद्यपि भवन निर्माण स्थलमा निर्माण हुन लागेको परियोजना बारे कुनै सूचनाको विवरण राखिएको छैन ।
महालक्ष्मी जुगल जेभीले ठेक्का अन्तर्गत निर्माण कार्य गर्न लागेको निर्माण स्थलमा भेटिएका निर्माण कम्पनीका सहयोगी तपेन्द्र बुढाले बताए । मलाई निर्माण स्थलको निगरानी लगायतको जिम्मेवारी तोकिएको छ, उनले भने, त्यस बाहेक निर्माण मापदण्ड र सामाग्रीको गुणस्तर बारे मलाई जानकारी छैन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले निर्माणको अवस्था बारे अनुगमन गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताए । त्यस हुन गएको त्रुटि बारे हामी बुझ्छौं, नेपालगन्जन्यूजसंग उनले भने, ‘निर्माणमा केही कमि कमजोरी भए पुनःनिर्माण हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया