सार्वजनिक जग्गा खाने भू–माफियाको दाउमा अदालत बाधक

अनियमित तरिकाले व्यक्तिका नाममा गरिएको ५० करोडबढी मूल्यको जग्गा सरकारको नाममा फिर्ता ल्याइएको निर्णयलाई अदालतले पनि सदर गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको विशेष पहलमा बाँकेको खजुरा–४ को बिष्णु कुमार थापा र रत्ना कुमारी थापाको नाममा अनियमित तरिकाले दर्ता रहेको रु ५० करोडबढीको १७ बिगाह जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरिएको थियो । मालपोत कार्यालय बाँकेले गरेको उक्त निर्णय विरुद्ध भू–माफियाले कानुनी दाउपेच खेल्दै अदालतमा चुनौती दिएकोमा उक्त किचलो मुद्दा खारेज भएको हो ।
व्यक्तिका नाममा गएको सरकारी जग्गा सरकारककै नाममा गर्ने निर्णय गरेको मालपोत कार्यालय बाँकेको निर्णयविरुद्ध रमेश थापाको नाममा न्यायिक चुनौती दिइएको थियो । ‘रमेश थापाका नाममा रहेको खजुरा ३ को १ अर्ब बराबरको १७ बिगाह जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय सम्मानित बाँके जिल्ला अदालतले सदर गरेको छ,’ जग्गा व्यक्तिका नाममा गएको थाहा पाए लगत्तै सरकारका नाममा ल्याउन पहल गरेका प्रजिअ कुरुम्वाङ्गले सामाजिक सञ्जालमार्फत बुधवार भनेका छन् ।

कर्मचारीको मिलेमतोमा ५० करोड बढीको चलखेल

प्रतिक्रिया

प्रतिक्रिया