पत्रकारको नेतृत्व चुन्न मतदान हुँदै

केन्द्र, प्रदेश र जिल्लाको एकसाथ निर्वाचन

नेपाली पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि आज बुधबार मतदान भइरहेको छ । महासंघको २६ औं महाधिवेशनका लागि आज आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेकोे हो ।

पत्रकार महासंघको इतिहासमै पहिलो पटक १३ हजार बढी मतदाताले प्रत्यक्ष मतदानमा सहभागी भई राष्ट्रिय, प्रदेश र जिल्ला स्तरको नेतृत्व चयन गर्नेछन् । महासंघ यसअघि नेतृत्व चयनका लागि पार्षदले गर्ने मतदानका आधारमा चुनिंदै आएपनि यसपटकबाट प्रत्यक्ष मतदानमा गएको हो ।

राष्ट्रिय नेतृत्वका लागि निर्मला शर्मा र विपुल पोखरेलले प्यानल सहित तथा गजेन्द्र बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तीनै जनाले नै व्यवसायिक हित र पत्रकारिताको संस्थाको विकासमा जोड दिएका छन् । उनीहरुले मिडिया मैत्री नीति र श्रमजीवि पत्रकारहरुको हितलाई मुद्दा बनाएका छन् ।

केन्द्रीय समितिमा नेपालगन्जबाट चार जनाको उम्मेदवारी छ । दलित तर्फ रुपा गहतराज, लुम्बिनी प्रदेशबाट आशिष गुप्ता, मधेसीबाट राकेश मिश्र र अल्पसंख्यकबाट सिराजुद्दिन खानले उम्मेदवारी दिएका छन् ।

लुम्बिनी प्रदेशमा भरत केसी र बसन्त गिरीले प्यानल सहित उम्मेदवारी दिएका छन् । प्रदेश उपाध्यक्षमा गिरी प्यानलबाट शुक्रऋषि चौलागाई र केसी प्यानलबाट विश्वराज पछलडङ्ग्या महासचिव छन् । जयसिंह केसी र काशी शर्मा सचिव तथा सरला सुवेदीले सदस्यमा प्रदेश समितिका लागि उम्मेदवारी दिएका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेको नेतृत्वका लागि डक्ट प्रसाद धिताल र दामोदर भण्डारी बीच उम्मेदवार छान्न मतदान हुँदैछ । त्यस्तै उपाध्यक्षमा सकिल अहमद कादरी र संगीन शर्मा, महिला उपाध्यक्षमा रेजिना मल्ल र करुणा शाह, सचिवमा कमल डाँगी, क्षेत्रनाथ देवकोटा (आकाश) बीच प्रतिस्पर्धा हुँदैछ ।

सहसचिव समावेशीमा भगतराम थारु, हेमन्त चौधरी, सहसचिव खुलामा आलम खान, कृष्ण ओली, समिरमान श्रेष्ठको उम्मेदवारी परेकोमा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कोषाध्यक्षमा देबेन्द्रराज पौडेल, विनोद पौडेलको उम्मेदवारी परेको छ । देबेन्द्र दैनिक नेपालगन्जका सहसम्पादक हुन् ।

निर्वाचन समितिका संयोजक पूर्णलाल चुकेका अनुसार, महिला सदस्यमा लक्ष्मी तिमिल्सिना र साबित्री गिरी, दलित सदस्यमा पवित्रा परियार र कालि बहादुर परियार, आदिबासी जनजाति सदस्यमा प्रज्वल श्रेष्ठ, राधेश्याम चौधरी, मधेसी सदस्यमा गिरिश गुप्ता र भीष्म लोध, अन्य समावेशी सदस्यमा मोबिनुद्दिन सिद्दीकी र मोहम्मद जाबेद हलवाईको उम्मेदवारी परेको छ ।

खुला सदस्यमा जाबेद अहमद शाह, दिनेश ठाकुर, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने (अशान्त), शौरभ गिरि, निर्मल आचार्य, सुनिल रेग्मी, यदुराज मिश्र, सजन कुमार आरसी, चन्दा सिंह कसेरा, रबिन्द्र सिंह ठकुरी, चन्द्र बोहोरा, रबि रोकाय, नन्दलाल देबकोटा, खिम प्रसाद घिमिरे (केपी घिमिरे), हेमराज भट्ट, मन भण्डारीको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक पूर्णलाल चुकेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया