भाबुक योगी
बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । गैँडा गणना गरेर फर्कने क्रममा माहुते पुलिसराम थारुको ज्यान गएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले हात्तीका लागि घाँस लिन जाने क्रममा बाघको आक्रमणबाट थारुको ज्यान गएको जानकारी दिए ।
मृतक थारुको घर ठाकुरबाबा नगरपालिका वडा नम्बर नौ बुतकौवामा पर्छ । यस वर्ष मात्रै बर्दियामा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गइसकेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।