घरबारविहीनलाई ‘अस्थायी बास’

नरैनापुरमा गाउँपालिका ४ खोडवामा शनिवार आगलागी हुँदा बेघरबार परिवारलाई ‘अस्थायी बास’ व्यवस्था गरिएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, प्रभाबित स्थानमा बिपद् व्यवस्थापन समिति बाँकेबाट उपलब्ध गराइएको ४० थान टेन्ट लगाइएको हो ।


स्थानीयको एक घरमा तताएको दुध उम्लिंदा सल्किएको आगोले सयबढी घर जलेर खरानी बनाएपछि उनीहरु बेघरबार भएका हुन् । आगलागीबाट तीन जना घाइते भएका छन् ।
प्रजिअ कुरुम्वाङका अनुसार, आगलागी पीडितहरुका लागि तत्काल राहतस्वरुप १ हजार ४ सय थान बिस्कुट, ६० कार्टुन पानी, ८६० केजी चिउरा, भुजा, चाउचाउ लगायतका तयारी खाना पठाइएको छ ।
बिपद् ब्यबस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार, चिउरा ८ सय ६० के.जी, २ सय ५०, केजी. भुजा, २ हजार ४ सय पोका चाउचाउ , १ हजार ४ सय पोका बिस्कुट , ६० कार्टुन पानी पठाइएको छ । नरैनापुर गाउँपालिकाले पनि १० बोरा चामल, २५ केजी दाल, चिउरा, दालमोट पानी लगायत सहयोग गरेको ज्ञवालीले जानकारी दिएका छन् । यसअघि नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । त्यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

सम्बन्धित घटनाको समाचार

प्रतिक्रिया

प्रतिक्रिया