नरैनापुर : आगलागीमा जले २५ घर

करोडौंको भौतिक क्षति अनुमान

बाँकेको राप्तीपारी नरैनापुर–१ मा सोमबार विहान भएको आगलागीमा २५ वटा घर जलेका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

सुईका मनिजर पासीको कच्ची घरबाट शुरु भएको आगो फैलदै २५ घरमा क्षति पुर्याएको हो । दमकल, स्थानीयबासी, सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोलीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीले ठूलो भौतिक क्षति भएपछि बाँके प्रशासनको टोली त्यसतर्फ पुगेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले स्थलगत रुपमा पुगेर अवस्था अध्ययन गर्न गैरहेको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया