निर्माणमा खड्का र कोहलपुरमा पौडेलको नेतृत्व

व्यवसायीहरुको छाता संगठन, बाँके निर्माण व्यवसायी संघ र कोहलपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार भएको निर्माण व्यवसायी संघ बाँकेको ९ औं अधिवेशनमा भएको निर्वाचनबाट निर्माण व्यवसायी संघ बाँकेको नेतृत्वमा टेक बहादुर खड्का निर्वाचित भएका छन् । उनी दोस्रो पटक संघको अध्यक्षतामा निर्वाचित भएका हुन् ।

निर्माण व्यवसायी संघमा खड्काले अर्का प्रतिद्वन्द्वी जितेन्द्र हमाललाई ४५ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । खड्काले २१७ खसेको मतमा १३० मत ल्याए भने हमालले ८५ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा लिलाराम उपाध्याय, प्रथम उपाध्यक्ष टंक बहादुर खड्का, द्वितीय उपाध्यक्ष दिनकर भट्टराई, महासचिवमा भुपाल वली, आन्तरिक उपमहासचिवमा नरेश बहादुर शाही, कोषाध्यक्षमा मुहतयार कबडिया र सह–कोषाध्यक्षमा माधब शाही खड्का प्यानलबाट विजयी भए । यस्तै नीतिगत उपमहासचिवमा जय बहादुर खत्री निर्वाचित भए ।

खड्का प्यानलबाट निर्बाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा लिलाराम उपाध्याय,प्रथम उपाध्यक्ष टंक बहादुर खड्का, द्वितीय उपाध्यक्ष दिनकर भट्टराई, महासचिवमा भुपाल वली, आन्तरिक उपमहासचिवमा नरेश बहादुर शाही,कोषाध्यक्षमा मुहतयार कबडिया र सह–कोषाध्यक्षमा माधब शाही रहेका छन् । यस्तै हमाल प्यानलबाट नितिगत उपमहासचिवमा कुन्जीलाल बर्मा निर्वाचित भएका छन् ।

सदस्यहरुमा अन्जनी कुमार गुप्ता, मदन कुमार अग्रवाल, शोभाकर शर्मा, टेक बहादुर शाही, मीन बहादुर खत्री र रमेश जङ्ग शाह रहेका छन् । बिजयी सदस्यहरुमा खड्का प्यानलबाट ४ जना र हमाल प्यानलबाट २ जना रहेका छन् ।

यसैबीच, कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूह विजयी भएको छ । नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानको नजिता लोकतान्त्रिक समावेशी व्यवसायी समूहको पक्षमा आएको हो । संघको नेतृत्वमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रदिप भट्टराई, उपाध्यक्ष उद्योगमा चण्डीप्रसाद गैरे, उपाध्यक्ष वाणिज्यमा संगिता सुवेदी, महासचिवमा मात्रिका सापकोटा, उपमहासचिवमा दिपक बहादुर भण्डारी, कोषाध्यक्षमा सीता कार्की लगायत विजयी भएका हुन् ।

त्यस्तै संघको सदस्यमा सदस्यहरुमा अर्जुन प्रसाद सुवेदी, शर्मिाला मल्ल, पवित्रा ढकाल, राकेश विष्ट, भ्रमिराज कंडेल, तेज बहादुर अधिकारी, हुम बहादुर रावत र यज्ञ प्रसाद सुवेदी विजयी भएको निर्वाचन समितिको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया