‘कोलोनी’ बनाउँदै टक्सार

नेपालगन्जमा १० करोड शेयरपूँजी सहित टक्सार रियल स्टेट शुभारम्भ गरिएको छ । शनिबार औपचारिक कार्यक्रम बीच शेयरधनीहरुका तर्फबाट अध्यक्ष इश्वर पोखरेलले टक्सार रियल स्टेट शुभारम्भ भएको घोषणा गरे ।

अध्यक्ष पोखरेलका अनुसार, १० करोड चुक्ता पूँजी योजनाका साथ अघि बढेको टक्सारमा ६९ जना शेयरधनी जोडिइसकेका छन् । टक्सारले शनिबार नै नेपालगन्ज वडा नं. २१ मा १६ वटा घडेरी विकास गरिएको जानकारी दिंदै १७ लाख ५० हजारदेखि २२ लाख ५० हजारसम्मका घडेरी बिक्रीका लागि तयारी भैसकेको जनाएको छ ।

‘शुभारम्भ सँगै घडेरी विकास र बिक्री सुरु भैसकेको छ’, टक्सारका सचिव महेश्वर जोशीले दैनिक नेपालगन्जसँग भने, ‘यस क्षेत्रमा कोलोनी निर्माण गर्ने गरी पश्चिम नेपालमै पहिलो योजना अघि सारेका छौं ।’ त्यसका लागि देउती इन्जिनियरिङ्ग कन्सल्टेन्सीसँग शनिबार नै एमओयू भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

टक्सारले काठमाडांै, पोखरा र नारायणगढका रियल स्टेट कम्पनीहरुसँग प्राविधिक साझेदारीमा कम्पनीका घडेरी बिस्तार र हाउजिङका लागि सहकार्यको प्रस्ताव पठाइसकेको जानकारी अध्यक्ष पोखरेलले दिए । शेयरधनीहरु बीच पहिलो पटक भएको भेलामा सञ्चालक सुमनले टक्सारलाई पश्चिम नेपालकै अब्बल रियल स्टेट कम्पनीका रुपमा पुर्याइने योजना आफुहरुसँग रहेको दाबी गरे ।

शेयर सदस्य समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले व्यवस्थित घडेरीको विकास र सहुलियतपूर्ण पहुँचका लागि टक्सारले काम गर्ने विश्वास गरे । ‘त्यसका लागि हाम्रो नेतृत्व सक्षम छ भन्ने विश्वास छ’, ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया