सरकार–विप्लवबीच हुने भयो वार्ता

हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिवन्ध लागेको नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समूह) र सरकारबीच औपचारिक वार्ता हुने भएको छ । त्यसका लागि सरकार र नेकपा दुवैले वार्ता टोली सार्वजनिक गरेका हुन् ।

सरकारी वार्ता टोलीका संयोजक, गृहमन्त्री रामबहादुर थापा (बादल)


नेपाल सरकारका प्रवक्ता, सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने जानकारी दिंदै विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको सार्वजनिक गरेलगत्तै नेकपा महासचिव विप्लवले पनि वार्ता टोली सार्वजनिक गरेका हुन् ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन् भने नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो । प्रकाण्डसँगै उदय चलाउने (दीपक) वार्ता टोलीमा रहेको विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेकपा वार्ता टोलीका संयोजक प्रकाण्ड

सरकारले वार्ताबाटै सबै समस्या हल हुने बताएको छ । नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको सरकारका प्रवक्ता गुरुङले पत्रकारसँग बताए ।

यसैबीच, सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया