पृष्ठभूमि
सर्वविदितै रहेको कुरा हो कि बुर्काभित्र÷बुर्काबाहिर स्तम्भमा हामी महिला विशेष मुद्दा उठान गर्ने गरेकाछौं । खास गरी विभिन्न हिंसा पीडित महिलाहरुको संघर्षलाई उजागर गर्ने, समुदायभित्र सशक्त रुपमा आत्म निर्भर भइ जीवनयापन गर्दै गरेकी महिलाहरुको सफलताको कथा अनि महिलासंग सीधा सरोकार राख्ने विषयवस्तुमा चर्चा परिचर्चा गर्ने गर्छौं । यस स्तम्भ मार्फत हामीले स्थानीय निकायमा रहेका महिलाहरुका अनुभव निरन्तर साझा गर्दै आइरहेका छौं ।

हामी सबैलाई थाहा छ कि लोकतन्त्र पछिको हाम्रो देशमा स्थानीय निकायको लागि जनप्रतिनिधि छनौट गर्न भएको यो चुनाव पहिलो हो । चुनाव मिति पनि हतार हतारमा तय गरिएको हुनाले तयारी गर्न समय रहेको थिएन् साथै सरकारले लागु गरेको ३३ प्रतिशत महिला अनिवार्य त्यसमा पनि दलित महिला अनिवार्य राख्नुपर्ने हुदां दलित महिलाहरुले पनि राजनीतिमा प्रत्यक्ष भाग लिने अवसर पाईन् । सरकारले लागु गरेको दलित महिला अनिवार्य नीतिकै कारण आज स्थानीय निकायमा दलित महिलाहरुको प्रत्यक्ष उपस्थित र सहभागिता रहेको देख्न सक्छौं । जो कहिल्यै कुनै सामाजिक कार्य कुनै राजनीतिक कार्यमा सहभागी हुने मौका पाएका थिएनन् । उनीहरुलाई उनको परिवारको पुरुषहरुको राजनीतिक दलसंगको आबद्धताका कारण अवसर दिइयो ।

जसको फलस्वरूप ती महिलाहरुमध्ये कतिले आफुले समुदायमा आफ्नो पहिचान बनाउन सफल भइन् भने कतिपय अझै आफ्नो पहिचान बनाउन प्रयासरत छिन् । यसै क्रममा आफ्नो पहिचान बनाउन आफुलाई राजनीति तर्फ सकृय बनाउदैं जनप्रतिनिधि कै हैसियतले सफल बनाउन बल्ल आंट गर्न सकेर आफु राजनीतिक रुपमि अगाडि बढ्ने सुरुआत गर्दै आएकी सुरसती धोबी जी को बारे उनको व्यक्तिगत र राजनीतिक जीवन अनुभवका बारेमा उनकै वडा कार्यालयमा भेटघाट गरी छलफल र कुराकानी गर्यौं । जुनकि उनको अनुमतिले यहां साझा गर्दैछौं ।

तपाईको परिचय पाउ न ?
मेरो नाम आमा बुवाले त विद्या की देवी सरस्वतीको नाममा राखेका थिए तर गाउँघरमा नाम लिन नसक्ने हुदां सबले जुन नामले बोलाए त्यही नामले नागरिकता बन्यो सो हाल मेरो पहिचान सुरसती धोबीबाट छ । अनि म बस्ने घर नेपालगंज पुरैनी हो । म हाल स्थानीय चुनाव जितेर आएकी छु र स्थानीय जनप्रतिनिधिको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दैछु ।

हाल तपाईको उमेर कति भइसक्यो ?
हाल मेरो उमेर चालिस वर्ष होला वा चालिस भन्दा बढी पनि हुन सक्छ ।

तपाईको बारेमा थप केही जानकारी छ भने साझा गर्न सक्नु हुन्छ ?
थप केही छैन् भन्नुपर्ने भनी यति छ कि नेपाली चेली र नेपाली बुहारी हुं । मेरो जन्म यहीं भयो विवाह पनि यहीं नै भयो । म यही जन्मेर पनि मलाई अहिले सम्म नेपाली भाषा बोल्न आएन् । मैले सिक्न सकिन् मलाई बडा गाह्रो लाग्थ्यो नेपाली भाषा बोल्न जबकि म पनि धेरै बुहारीहरु भारतबाट आएर पनि नेपाली फरररर बोल्न सक्ने भइछिन् ।

तपाई यो दलमा कहिले देखि आबद्ध हुनुहुन्छ ?
मलाई थाहा छैन् भनी सुरसतीको जवाफ (जबकि उनका पतिले रिसाउदैं भने कि यस्ता प्रश्न नसोध्नुस् ।)

राजनीतिसंग आबद्ध भएपछि तपाईले आफुमा के कस्ता परिवर्तन पाउनुभयो ?
जवाफमा उनले भनिन के भनूं तर (उनका पति फेरी रिसाउदैं भने कि यस्ता प्रश्नहरु सोध्न पाउनु हुन्न यहाँ)

के तपाई आफ्नो पद र पाएको जिम्मेवारीबाट सन्तुष्ट हुनुहुन्छ ?
हाँ खुशी छु बुझ्दै र सिक्दैछु किन भने म कहिलै घरबाट बाहिरै निस्किन मेरो पति पार्टीका सभापति भएकोले उहाँले भनेको व्यक्तिलाई भोट हाल्थे । तर यसपालि मलाई नै टिकट दिएर जिताइयो ।

तपाईले भन्नुभयो कि तपाई त पढ्न लेख्न सक्नु हँुदैन अनि तपाईलाई कामकाज गर्दा गाह्रो हँुदैन ?
म त काम कहाँ गर्छु, कामकाज त सब अध्यक्ष जी ले गर्नुपर्छ हामीसंग छलफल गरी सहमति लिएर । म यतिकैमा खुशी र सन्तुष्ट छु कि अब राजनीति सिक्ने र बुझ्ने मौका पाएकीछु ।

तपाईले कुन यस्तो कार्य गर्नु भएको छ जसले गर्दा जनताले तपाईलाई फेरी जिताउने छ ?
काम गरेछु किन गरेछैन त्यही भएर त जनताले भोट दिन्छ हामीले आफ्नो वडामा सडक बनाएछौ मन्दिर बनाएछौं ।

महिलालाई आउनुपर्छ कि नाइ यदि आउनु पर
छ भने किन राजनीतिमा आउनुपर्छ ?

के भनूँ महिला किन राजनीतिमा आउनुपर्छ । जसको इच्छा हुन्छ आउंछ जसको इच्छा हुदैंन् आउदैंन् । जसको घरपरिवारले दिन्छ ऊ आई नै हाल्छ ।

अरु प्रश्न सोध्न खोज्दा (उनका पतिले भने अब नसोध्नुस् भयो जति सोध्नुभयो त्यति नै काफी छ ।) तर पनि अन्त एउटा प्रश्न गर्दा ।

अन्तमा केही भन्न चाहनु हुन्छ ?
घरभित्र बसेका दलित लगायतका महिलाहरु पनि अब राजनीति तर्फ अग्रसर र सकृय हुनु पर्छ । हेर्नुस् म आफै पनि वर्षौं देखि घरमा बसेकी थिएं घरको चुल्होचौका सम्म सीमित थिएं तर अहिले राज्यको महिलाका लागि राजनीतिक सकृयता आबद्धता बढाउन लागु गरिएको विशेष व्यवस्थाका कारण मैले पनि समाजमा काम गर्न राजनीतिक रुपले मौका पाएकीछु ।

परिवेश
आज हाम्रो सामाजिक परिवेशको कुरा गर्ने हो भने करिब दुई दशक पछि मात्र स्थानीय चुनाव भएको हो । संविधान ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्यको प्रावधान आयो जबको फलस्वरूप प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य राख्नु पर्यो । तर महिलाको कोटा पुरा गर्ने उद्देश्यले पार्टीका सदस्यको परिवार, आफ्ना नातागोता, आफन्त, नजिकका परिवार आदिबाट राजनीतिक सामाजिक कार्यको अनुभव नभएकै महिलाहरुलाई उठाइयो । अवस्था यो छ कि उनीहरुलाई आफ्नो काम कर्तव्यका दायरा र जिम्मेवारी अधिकार क्षेत्र बारे पुर्ण जानकारी छैन् । कसै कसैलाई जानकारी हुदैं गइरहेछ । उनीहरुले सिक्दै आफ्नो काम गर्दैछिन् । सुरुमा कुनै अनुभव बिना नै चुनावमा उठेपनि अनुभव हुदैं जादां उनीहरुमा राजनीति प्रतिको चासो र इच्छा पनि बढ्दै गइरहेको छ । कहीं महिला वा पहिलाको परिवार सदस्य दरो रुपमा उभिदां काम गर्न सजिलो छ जहां जहां महिला कमजोर छिन् त्यहां उनीहरुलाई दबाइएर राखिएछ । समग्रमा हेर्दा यो एउटा ठुलो राजनीतिक क्रान्ति हो । एक त महिलाहरु आफै स्थानीय निकायको काम काजमा कुनै चासों लिदैन्न् यो भनेर कि यो अध्यक्षले गरे वा हेरे भइहाल्छ । भने अर्को तिर पुरुषहरु नै प्रमुख भएर आएका हुनाले उनले महिलाहरुलाई नटेर्ने उनीहरुको कुनै अस्तित्व नै रहेको झै व्यवहार गर्दैछन् । कहीं कदम कदाचित कुनै महिलाले आंट गरेर स्थानीय निकायका काम काजमा रुची राख्दा उनीहरुमाथि दबाब सृजना गरिन्छ यो व्यवहार खास गरी बजेट बिनियोजन र बजेट निस्कासनको बेलामा गरिन्छ ।

नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर २२ मा त्यस्तो अवस्था नरहेको भनी महिला जनप्रतिनिधि सुरसती धोबी भन्छिन् “हामीलाई महिला जनप्रतिनिधि भएर पनि काम गर्न त्यति गाह्रो छैन् । अध्यक्षले सबैको सहमति र उपस्थितिमा मात्र निर्णय गर्छन् । हरेक काम हामीलाई जानकारी गराएर मात्र अगाडि बढाईन्छ । म पढेलेखेको छैन् र मसंग राजनीति तर्फ कुनै अनुभव पनि थिएन् तर पनि मलाई गाह्रो छैन् । मेरो पति र वडा अध्यक्ष दुबैले सहयोग गर्ने गर्छन् ।“

चुनौती
हाल स्थानीय निकायमा के कस्ता खालका चुनौती रहेछन् भन्दा वडा २२ पुरैनीका वडा अध्यक्ष विद्याराम वर्माले भन्नुभयो “मुस्लिम मधेशी र मधेशी दलित समुदायका महिलाहरु संधै जसो घरको चारदिवारीभित्र सीमित रहेकाले उनीहरुसंग राजनीतिक र सामाजिक कार्यको अनुभव छैन् । जितेर आएका अधिकांश महिलाहरु शिक्षित नभएकाले आफ्नो कार्यालय र कार्य क्षेत्रमा कार्य गर्न सम्बन्धित विषयमा आफु विज्ञ र शिक्षित नहुदां गरिएका कार्यमा दक्षता नहुन सक्ने सम्भावना बढी रहन्छ । हुन पनि यो नंया संरचना हो यस कारण हामी सबै सिक्दै बुझ्दै अगाडि बस्दैछौं । नंया संरचना हुनु पनि एउटा गाह्रै विषय हो हामी सबैका लागि ।

सिकाइ
पुरैनीका वडा अध्यक्षले जनप्रतिनिधि र कर्मचारीहरुका साथ विगतका आफ्नो अनुभव सुनाउदां भन्नुभयो “सरकारले ३३ प्रतिशत महिला अनिवार्य को जुन कानून लागु गर्यौ त्यो सह्रनीय छ । ३३ प्रतिशत महिला अनिवार्यको अवधारणाले धेरै सकारात्मक असर देखियो । घरभित्र बसेका महिलाहरुलाई सामाजिक क्षेत्रमा अघि बढ्ने मौका प्राप्त भयो । आज राजनीतिमा पनि यही कारणले महिलाहरुको उपस्थिति सन्तोषजनक पाईएकोछ । यद्यपि कहिल्यै घरबाहिर ननिस्केका र पढ्न लेख्न नसक्ने महिलाहरुलाई अलि गाह्रो भएको कुरा महसुस गरेका छौं तथापि सरकारद्वारा गरिएको यो एउटा राम्रो र सह्रनीय पहल हो । तर अबको चुनावमा पार्टीले पढेलेखेका महिलाहरुलाई अवसर दिदां स्थानीय निकायमा जनप्रतिनिधि र कर्मचारीहरुलाई काम गर्न सजिलो होला । साथै जनप्रतिनिधि हरुलाई विभिन्न नियम कानून र विषयवस्तुका बारे तालिम र जानकारी दिने उनीहरुको क्षमता विकास गर्ने खालका कार्यक्रमहरु संगसंगै लग्नुपर्छ ।“

परिकल्पना
घरभित्र रहेकी दलित महिलाहरुले पनि अवसर पाएमा उनीहरु पनि समाज र देशका लागि योगदान पुर्याउन सक्नेछिन् । महिला पुरुष एक अर्काको सहयोगी भएर एक अर्काको काम कर्तव्य र जिम्मेवारी निर्वाह गर्न आ आफ्नो स्थानबाट साथ र सहयोग गर्नेछन् । जसको फलस्वरूप अगामी दिनमा महिला जनप्रतिनिधिहरु सक्षम भइ आ आफ्नो स्तर र स्थानबाट सफल राजनीतिक नेतृत्वकर्ताको रुपमा स्थापित गर्न सक्नेछिन् । महिलामैत्री निकाय र महिलामैत्री समाजको निर्माण हुनेछ ।

यस विषयमा जनप्रतिनिधि सुरसती धोबीका पति एंव नेपाली कांग्रेसका वडा समितिका सभापति भन्नुहुन्छ, राजनीति गर्न धेरै जटिल छ खास गरी महिलाहरुका लागि किनभने उनीहरु सधैं घरमा बसेका थिईन् । बाहिरी समुदाय र परिवेश बारे कुनै जानकारी हुदैंन् कुनै अनुभव हँुदैन त्यस कारण कहिले कतै जानु पर्यो कुनै निर्णय गर्नु पर्यो भने उसले आफ्नो पति आफ्ना छोरा आफ्ना दाईभाईसंग सोधेर उनीहरुको सरसल्लाहमा मात्र गर्छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया