बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाका शिक्षक कर्मचारीहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतलाई स्मरणपत्र पठाउँदै आफुहरुको ‘मनोबल नगिराउन’ अपील गरेका छन् ।
शुक्रवार क्याम्पस प्रमुख यदुनाथ पौडेलमार्फत विश्वविद्यालयका उपकुलपतिलाई स्मरणपत्र पठाएका उनीहरुले विभिन्न ५ बूँदामा आफ्ना मागहरुको स्मरण गराइएको उप–प्राध्यापक सन्तकुमार बर्माले जानकारी दिए ।

समायोजन भएको दुई वर्ष पुग्दापनि सेवा–सुविधाको सुनिश्चितता नभएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतलाई विभिन्न १० वटै आंगिक क्याम्पसका शिक्षक कर्मचारीहरुले यसरी स्मरणपत्र पठाएका हुन् ।
बबई क्याम्पस प्राध्यापक संघका सभापति राजेन्द्र धितालको नेतृत्वमा क्याम्पसका सबै प्राध्यापक–कर्मचारीहरुका तर्फबाट स्मरणपत्र बुझाइएको संघका सदस्य बर्माले जानकारी दिए ।

बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक कर्मचारीहरुले पनि यसरीनै विश्वविद्यालयलाई स्मरणपत्र पठाएका छन् । बागेश्वरी क्याम्पसका क्याम्पस प्रमुख शिशिर शर्मालाई स्मरण पत्र बुझाइएको हो । (हे. मागहरु)

