मिलापत्रमै टुङ्गिन्छन् महिला हिंसाका घटना

सन् २०२० मा ३ सय ७८ उजुरी मध्ये ३६ वटा मात्रै पुग्यो अदालत

महिला विरुद्ध हुने हिंसा, दुव्र्यवहार र विभेदका घटना अधिकांस मिलापत्रमा टुङ्गिने गरेको तथ्यांकले देखाएको छ । महिला हिंसा तथा दुव्र्यवहारका घटनामा पारिवारिक दबाब, महिलाको भविष्यलाई हेरेर पनि बाध्य भएर मिलापत्रको अवस्था आउने गरेको पाइन्छ । कतिपय उजुरी पछि पीडितले नै बयान बदल्दा उजुरी अदालतसम्म नपुग्ने गरेका हुन् ।

सन् २०२० मा जिल्ला प्रहरी कार्यालय बाँकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ३ सय ७८ वटा उजुरी दर्ता भए । उक्त उजुरी मध्ये प्रहरीले २ सय २५ वटा उजुरी मिलापत्रमा टुङ्ग्याएको इन्सेकको बर्ष पुस्तकमा उल्लेख छ । उजुरी मध्येका ३६ वटा मुद्दा अदालत गए र आठ जना पीडित त सम्पर्कमा नै आएनन् । १ सय १८ वटा उजुरी बाँकी रहेका छन् ।

सन् २०२० मा ठाडो उजुरी ७० वटा दर्ता भएका मध्ये ३० वटामा मिलापत्र भयो भने ४० वटा उजुरी सन् २०२० को अन्त्यसम्म बाँकी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जानकारी दिएको छ ।

बाँकेमा सन् २०२० मा घरेलु हिंसाका घटनामा ५१, बलात्कारका घटनामा ११ जना, पारिवारजनबाट हत्याका घटनामा दुई जना, बोक्सी आरोपमा एक जना गरी ६५ महिला पीडित भएको इन्सेकले अभिलेखिकरण गरेको छ । बोक्सीको आरोप घटनामा दुई जना आरोपि ६० हजार धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया