दुई थान चितुवाको छाला सहित ३ जना पक्राउ

दुर्लभ बन्यजन्तु पाटे बाघको संख्या बृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको बाके राष्ट्रिय निकुन्ज पछिल्ला दिनहरुमा शिकारीहरुको निशानामा पर्ने थालेको छ । बन्यजन्तुको चोरी शिकारी र ओसार पसार बढ्न थाले पछि सुरक्षा निकायहरुले सक्रियता बढाउन थालेका छन् । यसै क्रममा बाके प्रहरीले २ थान चितुवाको छाला सहित ३ जनालाई बाके जिल्लाको राप्ती सोनारी गाउपालिकाको कुसुम क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके निकुन्जको सीमाबर्ति क्षेत्रमा पर्ने सल्यानको बाघचौरका जित बहादुर डिसी, हिमेन्द्र वली र कमल डिसी छन । उनीहरुले निकुन्ज क्षेत्रमा चोरी शिकार गरी २ वटा चितुवालाई मारेर त्यसको छालालाई बिक्री गर्ने क्रममा बाकेको कुशुममा पुराएका थिए । पक्राउ परेका अभियुक्तहरुलाई बाके प्रहरीले थप कारबाहीका लागि बाँके राष्ट्रिय निकुन्जमा पठाएको छ ।
निकुन्जका दुलर्भ बन्यजन्तु चोरी शिकारीको निशानामा पर्न थाले पछि बाके निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अप्रेशन महाहन्ट संचालन गर्दै आएको छ । यसै क्रममा माघको तेस्रो सल्यानको कालिमाटी क्षेत्रबाट सुरक्षाकर्मीहरुले ७ थान भरुवा बन्दुक सहित ९ जना शिकारीहरुलाई नियन्त्रणमा लिएका थिए । बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा चोरी निकाशी नियन्त्ररण गर्नका लागि नेपाली सेनाको श्री अर्जुनबाण गणका सुरक्षाकर्मीहरुले नियमित रुपमा गस्ति गर्दै आएका छन् ।


सिसिटीभी मार्फत चोरी शिकारीहरुको आहोर दोहोर हुने मुख्य नाकाहरुको निगरानी गर्ने क्रममा बन्दुक बोकेर शिकार खेल्न निकुन्ज क्षेत्र भित्र प्रबेश गरेका शिकारीहरुको पहिचान गरि पक्राउ गरिएको हो । दुर्लभ बन्यजन्तुको संरक्षण र सुरक्षाका लागि निकुन्जको मुख्यालय बाकेको ओभरी सहित बिभिन्न १६ स्थानमा सुरक्षा पोष्ट खडा गरिएको छ । सुरक्षा पोष्टबाट नेपाली सेनाको टोलीले नियमित रुपमा गस्ति पेट्रोलिङ गर्दै आएको छन् । दुर्लभ बन्यजन्तु पाटे बाघको संख्या बृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुन्ज पछिल्ला दिनहरुमा बन्यजन्तु तस्करहरुको निशानामा पर्ने थालेको छ ।

निकुन्ज स्थापना भएको १० बर्ष मै २१ वटा बस्यक बाघको बासस्थानको बनेको बाँके निुकन्ज पाटेबाघको चहलपहल बढे संगै तस्करहरुको निशानामा पर्दै गएको छ । यस अघि २०७७ असारको २० गते नेपाल प्रहरीको अनुसन्धान ब्युरोले बाँके राष्ट्रिय निकुन्ज क्षेत्र नजिकैको क्षेत्रबाट बयस्क बाघको छाला र १० केजी हड्डी सहित बाके राप्तीसोनारी गाउपालिकाको वडा नम्बर २ का नवराज घर्तिलाई पक्राउ गरेको थियो । बन्यजन्तु तस्करको पिछा गर्दै जादा नेपाल प्रहरीको टोली बन्यजन्तु तस्कर सम्म पुगेर बाघको छाला, हड्डी सहित अभियुक्त घर्तिलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया