नेपालगन्जको वडा नं. १८ ले चालु आ.व.का कार्यक्रमहरु कार्यान्वयनलाई तिव्रता दिएको छ । यसैक्रममा वडा नंं १८ ले आफ्नो क्षेत्रमा रहेको गुलरिया बाईपास रोडदेखि भित्री कारकाँदो गाउँ जाने बाटो पक्की नाला सहित सडक कालोपत्रेको शिलान्यास मंगलबार वडा अध्यक्ष दीपक बर्माले गरे ।
वडा अध्यक्ष बर्माको पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको छ चालु आर्थिक बर्षमा थप अर्को बाटो सोहि मन्त्रालयबाट वडा नं १८ मा परेको छ । यस्तै गत आर्थिक बर्षमा पनि संघिय मामिला तथा सामान्य प्रशासनबाट दुई वटा योजना वडा अध्यक्ष बर्मा पार्न सफल भएका थिए ।
वडाध्यक्ष बर्माले तेजनगरमा पीच बाटो र अर्को सुकुम्बासी, दलित तथा मधेसी बस्तीमा सोलार बत्ति, चालु आर्थिक बर्षमा वडाको बजेट बाट पनि पीच बाटो बनाउन लागेका छन् । यस्तै वडाको विभिन्न टोलमा चालु आर्थिक बर्षमा एक दर्जन भन्दा बढी पीच बाटो वडा नं १८ निर्माण हुने वडा अध्यक्ष दीपक बर्माले जानकारी दिएका छन् ।