बाँकेमा होटलको स्तरीयकरण, स्तरीय होटल क वर्गमा

स्तरीयकरण गरिएका ८ वटा होटल मध्ये होटल शिद्धार्थ भ्यू र होटल सोल्टीले ९४ अंक प्राप्त गरि क वर्गको अति उत्तम र द ग्यालक्सी दरवार होटलले ९१ अंक प्राप्त गरि क वर्गको अतिउत्तम अंक प्राप्त गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिका स्थित विभिन्न होटल र रेष्टुरेन्टहरुमा खाद्य स्वच्छताका आधारमा स्तरीकरण लोगो वितरण गरेको छ । यस कार्यक्रमको शुभारम्भ गत फागुन ५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय तथा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले संयुक्त रुपमा होटल स्नेह प्रा. लि., नेपालगन्जमा उत्तम स्तरको लोगो टाँसी सुरुवात गरेका थिए ।
लोगो वितरण गर्नका अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका प्रमुख ज्ञानेन्द्र मण्डलको अध्ययक्षता बसेको बैठकले होटल व्यवसायी संघ, बाँकेका अध्ययक्ष भिमलाल कंडेलको संयोजक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य निरिक्षक सदस्य सचिव हुने गरी स्थानीय खाद्य स्वच्छता समूह गठन गरिएको छ । स्थानीय प्रशासन, उपभोक्ता हित संरक्षण मंच तथा सञ्चारकर्मी यस समूहको सदस्य रहेका छन् । सोहि टोलीले अनुगमन गर्ने क्रमा ५० वटा खाद्य स्वच्छताका सुचंकाङ्कहरुको मुल्याङकन गरी होटललाई स्तरीकरण लोगो प्रदान गर्ने कार्यक्रम रहेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताए । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले खाद्य स्वच्छताका आधारमा होटलहरुमा स्तरीकरण लोगो वितरण गर्ने कार्य राम्रो भएको र यस्तो कार्यले होटलहरुको गुणस्तर बढाउन मद्दत गर्ने बताए । उपभोक्ताको गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने संबैधानिक अधिकार सुनिश्चिताका लागी सबै होटलहरुले खाद्य स्वच्छतामा ध्यान दिनु पर्नेमा गौतमले जोड दिए ।


अन्य सरोकारवालासंगको सहकार्यमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छताका आधारमा हालसम्म ८ वटा होटलहरुको स्तरीकरण लोगो वितरण गरिसकेको जनाएको छ । जय अनुसार एकसय अंकमा होटल स्नेहाले ८८ अंक प्राप्त गरि ख बर्गको उत्तम स्तर प्राप्त गरेको छ । यसै गरि होटल बाटिकाले ६६ अंक प्राप्त गरि ग वर्गको सन्तोषजनक, होटल सिद्धार्थले ९४ अंक प्राप्त गरि अतिउत्तम, होटल सोल्टीले ९४ अंक प्राप्त गरि अतिउत्तम स्तर प्राप्त गर्न सफल भएको छ ।

यसै गरि नमस्ते भिलेज रोसोर्ट प्रा.लि.ले ७४ अंक प्राप्त गरि ग वर्गको सन्तोषजनक, भेरी होटल प्रालीले ६९ अंक प्राप्त गरि ग वर्गको सन्तोषजनक, होटल कल्पतरु न्यूरोड नेपनलगंजले ७८ अंक प्राप्त गरि ग वर्गको सन्तोषजनक, र नेपालगन्ज स्थित द ग्यालक्सी दरवार होटलले ९१ अंक प्राप्त गरि क वर्गको अतिउत्तम अंक प्राप्त गरेको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक नेत्रा बोगटी, खाद्य निरिक्षक प्रेम अर्याल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतम, प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी, नेपालगंग नगर अध्यक्ष सुरेन्द्रदिप कार्की, होटल ब्यवहायी संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरिक्षक प्रेम अर्यालले आगामी दिनहरुमा पनि खाद्य स्वच्छताका आधारमा होटलहरुको स्तरीकरण लोगो वितरणको कार्यक्रमलाई निरन्तरता दिइने कार्यक्रम रहेको बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यो कार्यक्रमलाई निरन्तरता दिन प्रतिवद्ध छ ।

प्रतिक्रिया

प्रतिक्रिया