वडा प्रहरी कार्यालय नेपालगन्जले ध्वनि प्रदुषण विरुद्ध अभियान थालेको छ । सडकमा जथाभावी अन्यलाई असहज गराउने खालको ध्वनि निकाल्ने तथा बजाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जले अभियानको पहिलो दिन चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मंगलबार प्रहरीले थप ३१ वटा ईरिक्सा र पेट्रोल अटो रिक्साको साउण्ड बक्स तथा स्पिकरहरु निकालिएको वडा प्रहरीले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय बाँकेले यसअघि ध्वनि प्रदुषण विरुद्धको अभियान थालेपनि बीचमै छाडेको छ । हाल ट्राफिक प्रहरीले अभियानलाई वेवास्ता गर्दै आउँदा सहरको अवस्था कोलाहल पूर्ण भैरहेको अवस्थामा वडाले आफ्नो कार्यक्षेत्र भित्र ध्वनि प्रदुषण विरुद्ध पहल गरेको हो ।
वडा प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, वडाबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको बिभिन्न स्थानबाट ३० वटा ईरिक्सा र १ वटा पेट्रोल अटो रिक्सामा ठुलो आवाजमा गित बजाई सवारी बसाई ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको इरिक्सामा जडान गरिएका साउण्ड बक्स तथा स्पिकरहरु खोल्न पठाई अब उप्रान्त त्यस्ता किसिमका गल्ति कमिकमजोरी पुनःनदोहोर्याउन सम्झाएर चालकहरुलाई छाडिएको छ ।