बि.स.२०३७ सालमा लाहुरे भएका केशर बहादुर आले मगर बेलायती सेनाबाट १९ बर्ष बिदेशमा सैनिक जीवन बिताएर अवकाश भएपछि बि.स.२०५७ सालदेखि बालवालिकालाई शिक्षाको उज्यालो दिने अठोटका साथ ३९ जना लाहुरेहरुलाई जुटाएर कोहलपुर क्षेत्रमा नीजि विद्यालयको रुपमा गोरखा युनाइटेड पब्लिक स्कुल स्थापनाले मूर्त रुप लियो । सुरुमा १६५ जना विद्यार्थी लिएर प्रा. वि. तहबाट सञ्चालनार्थ गरिएको यस विद्यालयले विकसित समय क्रमसँगै शिक्षा र शिक्षण पद्दतिमा परिष्कृत गर्दै महाविद्यालय (कलेज) को रुपमा स्थापित भई अहिले झण्डै २००० विद्यार्थी अध्ययनरत रहेको सुनाउन पाउदा आफूले विगतका सबै कष्टहरु भुलेको बताए । करिब विद्यालय सञ्चालनको १९बर्षपछि यहि संस्थाबाट सञ्चालित अर्को कृषि प्राविधिक विषयको अध्ययन हुने स्नातक तहको शैक्षिक कलेज बि.स. २०७५ देखि गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर सञ्चालनलाई निजी क्षेत्रबाट पहिलो पटक कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनबाट सम्बन्धन पत्र लिई कृषि शिक्षातर्फ पठन पाठनले पूर्णता प्राप्त गरेको बताउँछन् ।
यस क्षेत्रका लागि एउटा गहनाको बिषयका रुपमा रहेको र विद्यार्थीका लागि यो अति नै उपयोगी साबित हुनेछ भन्ने निर्दिष्ट लक्ष्य र उद्देश्य सहित सामुहिक प्रयास र पहलमा स्थापना गरिएको यस कलेजले अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले बाँके जिल्लाको बैजनाथ गाँउपालिका वार्ड नं. ४ अवस्थित आफ्नै स्वामित्वमा करिब ६ बिघा क्षेत्रफलमा फैलिएको कलेज निर्माणधिन अबस्थामा रहेको छ ।
संस्थाको दश बर्षे गरुयोजना अनुसार खेतियोग्य जमिनमा विद्यार्थीहरुको प्रयोगात्मक फिल्ड अभ्यासका लागि छुट्टै ब्यवस्थापन मिलाइएको छ भने कृषि फार्मतर्फ उत्पादनमूलक तरकारी बाली र पशुपालनमा उन्नत जातका भैसी, गाई र बाख्रा गरी ३० ओटा रहेका छन् । दुध र तरकारीको बिक्री वितरणबाट आम्दानीको आय आर्जनको कार्य पनि थालनी भैसकेको छ । यसरी विद्यार्थीको पढाइ र कृषिमूलक कार्य एकसाथ अगाडी बढाउदै आएकोमा हाल आधुनिक पशुफर्म, गार्डघर, अन्न भण्डार स्टोर, मूलगेट, वरपर पक्की पर्खाल, माछापोखरी, बृक्षारोपण तथा डिप बोरिङ्ग आदिको कार्यहरु सम्पन्न भैसकेको छ । यस कृषि विषयको स्नातक तहको अध्ययन गरी मध्य र सुदूर पश्चिम क्षेत्र, प्रदेश स्तरमा प्राविधिक तहको दक्ष जनशक्ति उत्पादन र अर्गानिक वाली एवम् पशुपालनको विकास र बिस्तार गर्नु यस कलेजको अवधारणा रहेको छ ।
नेपाल एक कृषि प्रधान देश हो । कृषिमा प्रशस्त सम्भावना भएतापनि वर्तमान अवस्थामा कृषि क्षेत्रमा प्राविधिक शिक्षाको अभावमा कयौं खेतियोग्य जमिन बाँझै छन भने कति जमिनमा परम्परागत कृषि प्रणाली अनुसार वार्षिक एक खेति मात्र उब्जनी भइरहेको छ । तसर्थ, बैज्ञानिक ढंगले ब्यवस्थित रुपमा उन्नत तरिकाले पशुपालन र कृषि ब्यावसाय सञ्चालन गर्ने हेतुले कृषि मन्त्रालयसगँ आबद्ध वभिन्न निकायसँग समन्वय सहकार्य गरी स्थानीय ग्रामिण भेगका कृषकहरुलाई समेत समेट्ने गरी कृषि शिक्षाको सचेतनामूलक प्रबलिकरण तालिम दिने र करिव २० बिघा खाली खेतियोग्य जमिन भाडामा लिई थप आय आर्जन गर्ने योजना रहेको छ । कृषिमा सरकारी तवरबाट प्राप्त हुने ५० प्रतिशत अनुदानमा लगानी गरी साझेदारी कार्यक्रम सञ्चालनबाट कृषि बाली विउ विजन भण्डार गर्ने सोच रहेको छ ।
विद्यार्थीहरुलाई सिकाइसँगै आत्मनिर्भर बनाउनका लागि कलेजको पूर्ण लगानीमा प्रयोगात्मक फिल्ड अभ्यासको मूल्याङ्कनराम्रो बृद्धि विकास र प्रबन्धसँगै निश्चित आम्दानी वितरण गर्ने उद्देश्यका साथ “सिकाइसँग आम्दानी” कार्यक्रमको सहकार्य र ब्यावस्थापन तय गरिएको छ । त्यस्तै गरी इजरायली कृषि प्रविधि र विज्ञहरुबाट दिइने कृषि तालिममा सहभागी हुनका लागि यस कलेजमा अध्ययनरत आठौं सेमेष्टरका विद्यार्थीहरुको Intership (LEE) का लागि
ANM ALCAT बिचको सम्झौता अनुसार इजरायल पठाउने ब्यवस्था गरिएको छ । विदेशमा
Intership मा रहदा पनि सिकाइसँगै आम्दानी कार्यक्रमको सुवर्ण अवसर प्रदान गरिएको छ ।
आफ्नो पढाई प्रति लगनशील रमेहनत गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले लिएको प्रबेश परीक्षामा ७५ भन्दा माथि अंक ल्याउने उत्कृष्ट २ जना मेधाबी विद्यार्थीलाई शत प्रतिशत शिइाण शुल्कमा छात्रबृत्ति प्रदान गरिने छ । ग्रामिण भेगका जुनसुकै वर्गका विद्यार्थीले कृषि विषय अध्ययन गर्न सक्ने खालको शुल्कबाट सञ्चालित यस कलेजले हरेक शैक्षिकसत्रमा अन्य छात्रबृत्ति प्रदानबाट अभिभावक प्रतिको अभिलाशा पुरा गर्ने आशा लिएको छु । विश्वविद्यालय प्रदान गरिने हरेक बर्ष ५० जना विद्यार्थी कोटा छुट्टाएको भएतापनि विगत दुइ वर्षमा विद्यार्थी सख्या कम रहन पुगी आर्थिक रुपमा कलेजलाई ब्यायभार बढेतापनि विद्यार्थी सिकाइमा प्रभावकारी रुपमा राम्रो भएको महस्स गरेको छु । साथै शैक्षिक सत्र २०७७÷०७८ का लागि स्नातक तह कृषिमा भर्ना आवेदन खुलेकोले गाँउमै कुषि शिक्षा पढ्न चहाने विद्यार्थीहरुका लागि कलेजमा परामर्श कक्षा सुरु भएको जानकारी गर्दछु ।
कृषि पठनपाठन र अनुसन्धानका लागि आवश्यक सामाग्री सहित रिसर्च सेन्टर ब्यावस्थापन गर्ने र निकट भविश्यमा कलेजबाट विश्वविद्यालयमा आधाररित दिगो, सवल र गुणस्तरीय शिक्षण सेवा प्रदान गर्ने संस्थाको रुपमा विकसित गर्ने लक्ष्य लिएको छु । हाम्रो उद्देश्य स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति तयार गर्नु हो ।
आलेले यो दुबै संस्थालाई यहाँ सम्म ल्याइ पु–याउन ठूलै संघर्ष गरेका छन । देशमा संकटकाल परिस्थितीमा कहिले माओबादीले बोडिङ्ग बन्द गर्ने आदेशका कारण बि.स. २०६० सालमा स्कुलमा बम पड्काइ दिए । त्यस्तै कलेज अनुमति लिइ सकेपछि मन्त्रीपरिषदबाट नयाँ निजी कलेजको अनुमति रद्द जस्ता ठाँडो आद्शले सर्वोच्च अदालतमा न्यायिक फैसलाका लागि मुद्दा माविलामा करिब एक बर्ष काठमाण्डाको दौडधुपमा लागि रहे तर पछि हटेनन् । फौजी लाहुरे भएका कारणले होला साहसका साथ अघि बढेको उनी भन्दछन ।
राष्ट्रको शिक्षा क्षेत्रमा पु–याएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल सरकार, शिक्षा मन्त्रालयबाट प्रदान हुने शिक्षा सेवा पदकबाट आफू तीन पटक सम्मानीत भएको संस्थागत विद्यालयतर्फ जिल्लाको एक मात्र निजी स्कुल हो, जसले दुइ पटक क्षेत्रीय र एक पटक प्रदेश गरी तीन पटक शिक्षा पुरस्कार जित्यो । आगामी दिनमा संस्थाले हाँसिल गरेको साख गिर्न नदिने गरी चनौतिलाई चिर्दै एवम् अवसरलाई चुम्दै अझ विद्यार्थीको रुची र आवश्यकता अनुसार कृषि प्रविधिमूलक पठनपाठनमा आफु प्रतिबद्ध रहने बताए । (प्रस्तुति : पुष्पराज लम्साल)