अमर सुनार
गाउँकै एक महिला माथि बलात्कार प्रयास गरेको आरोपमा दुल्लू नगरपालिका–५ का वडासदस्य प्रकाश पोखरेल प्रहरी हिरासतमा परेका छन् । मजदूरीका क्रममा श्रीमान् भारतमा रहेका ती महिलाको घरमा गएराति १ बजेतिर जबरजस्ती ढोका खोली बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।
आरोपित वडासदस्य पोखरेललाई स्थानीयले नियन्त्रणमा लिई राति नै इलाका प्रहरी कार्यालय दुल्लूमा बुझाएका थिए । वडासदस्यका आफन्तले पीडित पक्षलाई दुल्लूको एक होटलमा दिनभर रोकेर उजुरी दिन अवरोध पु¥याएका पीडित पक्षको भनाई छ ।
मुद्दा रोक्नको लागि छलफल भइरहेको ठाउँबाट पीडितलाई संरक्षण गरेर अहिले साँझ प्रहरीले सदरमुकाम ल्याई पु¥याएको र बाँकी अनुसन्धान सुरु भएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो ।
पद र प्रभावका आधारमा पीडितलाई उजुरी दिनबाट रोक्नु गम्भीर अपराध भएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिकले टिप्पणी गर्नुभयो । उजुरी रोक्नेहरुको दुष्प्रयासलाई विफल बनाएकोमा उपाध्यक्ष बिकले प्रहरीको प्रशंसा गर्नुभयो ।