
नेपाली सेनाले बाँकेका पत्रकार कृष्ण अधिकारीलाई सम्मानित गर्ने भएको छ । नेपाली सेनाले आफ्नो स्थापना दिवसमा पत्रकार अधिकारी सहित देशभरका पाँच पत्रकारलाई सेनाले सम्मान गर्न लागेको हो ।
नेपाली सेनाले स्थापना दिवसमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ र बर्दियाका जनस्वास्थ्य अधिकृत रहेका बाँकेका तत्कालीन कोभिड फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित गर्न लागेको हो । नेपाली सेनाले आफ्नो स्थापना दिवसको दिन कुरुम्वाङ र श्रेष्ठलाई पदक दिने घोषणा गरेको हो ।
पत्रकार अधिकारी, कुरुम्वाङ र श्रेष्ठले कोभिड नियन्त्रण, निदान र उपचारमा उल्लेखनीय भुमिका निभाएको सेनाले निस्कर्ष निकालेको छ । उनीहरुलाई सैनिक दिवसका दिन एक समारोहमा प्रधानसेनापतिले पदक दिने सेनाले जनाएको छ । कार्यक्रममा ८२ जना गैरसैनिकलाई सम्मान गरिदैछ ।