रेडक्रस बाँकेबाट १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित

जनमत अद्र्ध साप्ताहिक सम्मानित

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले आफ्नो ३९औ जिल्ला वार्षिक साधारण सभा बिहीवार खजुरामा सम्पन्न गरेको छ । खजुरा स्थित बागेश्वरी उपशाखाको आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले रेडक्रस जस्तो मानविय सेवामा समर्पित सेवालाई थप सकृय वनाउन अनुरोध गर्नुभयो । रेडक्रसलाई “जँहानपुगे रवि, त्यँहापुगे कवि”भने झै विपद्को क्षेत्रमा कृयाशिल रहेको स्मरण गर्दै बाँके शाखाको भुमिका उत्कृष्ट रहेको वताउनुभयो ।


त्यसैगरि उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले स्थानीय तहसगै रेडक्रस विपदमा सधैसगै रहेको बताउनुभयो । उहाँले निकट भविष्यमा क्यान्सर अस्पतालमा रक्तसंचार सेवा संचालनका लागि रेडक्रसलाई अनुरोध गर्दै विपद् भन्ने वित्तिकै सवैले सधै रेडक्रस सम्झने गरेको कुरा उल्लेख गर्नु भयो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा रेडक्रसले कोभिड १९ लगायत विपद व्यवस्थापनमा अग्रणी भूमिका खेलेकोमा प्रशसा गर्नुभयो ।
त्यसैगरि गैहसरकारी संस्था महासघ वाँकेका अध्यक्षले नमस्कार शाहले कोभिड १९ को महामारीमा रेडक्रस लगाएत संघसंस्थाले उल्लेख्य भूमिका निभाएको वताउदै रेडक्रसको कृयाकलापले महामारी नियन्त्रणमा सहयोग पुगेको वताउनुभयो ।


बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाँके शाखाका सभापति गोर्वधनसिह सम्झनाले बाँके शाखाले कोरोनामहामारीको चुनौतीकाविच रेडक्रस स्वयमसेवकहरु परिचाल नभएको जानकारी गराउनु भयो ।

उक्त सभामाबर्षभरी रेडक्रस अभियानलाई प्रसार प्रचार गरि योगदान गरेको जनमत अर्धसाप्ताहिकलाई उत्कृष्ट संचार प्रतिष्ठानको रुपमा नगद सहित सम्मान गरिएको छ । जनमतले विगत १५ बर्षदेखि नियमित त्रैमासिक रुपमा रक्तदान गर्दै आएको छ । यसैगरि उत्कृष्ट उपशाखा सेवा पुरस्कारवाट बागेश्वरी उपशाखालाई सम्मानित गरिएको छ ।


सभामा वार्षिक प्रगति प्रतिवेदन शाखाकामन्त्री अजिजअहमद सिद्दिकीले प्रस्तुत गर्दै १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित भएको प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष राकेश कुमार श्रीवास्तवले २ करोड ३५ लाख १७हजार ३ सय ४२ रुपिया खर्च विवरण र ०७८÷०७९ को ३ करोड ३२ लाख ४५ हजार ५ सय वारवरको विनियोजित वजेट प्रस्तुत गर्नु भएको थियो ।
१७ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न साधारण सभाले प्रस्तुत कार्यक्रम र वजेट माथी छलफल गरि स्विकृत गरेको छ ।उक्त कार्यक्रमको सञ्चालन शाखाका वरिष्ठ शाखाअधिकृत दोलखबहादुर डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया