६ मोटरसाइकल सहित ६ अभियुक्त पक्राउ


मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजीका लागि बाँके प्रहरीले मोटरसाइकल चोर्ने गिरोह खोज्न विशेष टोली गठन गरेको छ । प्रहरीले गठन गरेको विशेष टोलीले ६ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको पत्रकार सम्मेलनमा बोल्दै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले विभिन्न जिल्लाबाट चोरीका मोटरसाइकल र त्यसमा संलग्नहरुलाई पक्राउ गरी नेपालगन्ज ल्याएको जानकारी दिएका छन् । उनले थप मोटरसाइकल र संलग्नहरु पक्राउ पर्ने क्रममा रहेको जानकारीदिएका छन् ।

प्रहरीले राम बहादुर थापा, धिरेन्द्र विक्रम शाही, ईरसाद अहमद मुसलमान, छविलाल पुन मगर, नवराज रोका क्षेत्री, रंजित शर्मालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रानाले थापा र शाही मोटरसाइक चोर्ने र बेच्ने कार्यमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको बताएका छन् । भारत तथा नेपालगन्जमा मोटरसाइकल चोरी गरी पहाडी जिल्लामा बेचिने गरेको प्रहरीले जानकारी दिएकोछ ।

प्रहरीले पत्रकार सम्मेलनमा थापा र शाही मिलेर चोरी गरेको ११ मध्ये ६ वटा मोटरसाइकल फेला परेको जानकारी दिइएको थियो । प्रहरीका अनुसार, उनीहरुले मालापेट कार्यालय अगाडि, कोरियनपुर, होटल रोयल बाँके, बाँके गाउँ, हवल्दारपुर, बर्दिया मानखोला, कोशलपुर दश विगाह, बर्दिया र काँरकाँदोबाट ११ वटा मोटरसाइकल चोरेको खुलेको जानकारी दिएको छ । जसमध्ये ६ बरामद भई बाँकी बरामदको क्रममा रहेको प्रहरी उपरीक्षक रानाले बताए ।
मोटरसाइकल चोरले चोरिएका मोटरसाइकल जंगलमा लुकाउने र पहाडि जिल्ला लग्ने गरेको प्रहरीले जानकारी दिएको छ । उक्त मोटरसाइकल वर्कशपमा लगि पाटपुर्जा तथा इन्जिन, च्यासिस नं. समेत बदलेर बिक्री गर्ने गरिएको प्रहरीले बताएको छ । मोटरसाइकलमा चोरीमा एउटा चोर्ने, अर्को पाटपुर्जा बदल्ने, ग्राहक खोज्ने र खरिद गर्ने च्यानल रहेको प्रहरीले बताएको छ ।

थापा र शाहीले चोरेको मोटरसाइकल इरसाद र शर्माको वर्कशपमा पुर्याउने, त्यहाँ फेरबदल गर्ने जसको खरिद पुन र रोकाले गर्ने अन्यलाई बेच्ने गरेको पाइएको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया