महासंघ अध्यक्ष थारुले भने, ‘सञ्चारकर्मीलाई खोप लगाउने निर्णय कार्यान्वयन गर’

मंगलबार बाँकेका पत्रकारलाई खोप लगाउने निर्णय जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरबाट भएको थियो । उक्त निर्णय पछि तत्कालीन कोरोना फोकल पर्सन तेज वली र पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले खोपका लागि परिचय पत्र सहित मंगलबार भेरी अस्पतालमा पत्रकार उपस्थिति हुन सूचित गरे ।

उनीहरुले सूचित गरेको केही घण्टा पछि नै पत्रकारलाई लगाउने भनिएको कोरोना विरुद्धको खोप स्थगित गरियो । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको ठाडो आदेशमा पत्रकारलाई खोप रोकिएको थियो । त्यसमा जिल्लाकै केही पत्रकारहरुले समेत भूमिका खेलेको बताइन्छ ।

पत्रकारलाई दिने भनेको खोपमा संघ अन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा रहेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशको समन्वय अभाव देखिएको छ । सोही समन्वय अभावमा खोप पत्रकारलाई लगाउने निर्णय पछि रद्द भयो । कोडिभ क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रमा सञ्चारकर्मीलाई खोपको निर्णय भएपछि जिल्लामा पनि अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई खोप लगाउने निर्णय गर्यो । तर, खोपमै राजनीति हुँदा रद्द भयो ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले खोप रद्द भएपछि बाँकेका कोरोना फोकल पर्सनको भूमिका नाकारात्मक रहेको आशय सहित एउटा ग्रुप च्याटमा फोकल पर्सनलाई सिधै जिम्मेवार ठहर्याउँदै केही टिप्पणी गरे । उनको टिप्पणी पछि फोकल पर्सन वलीले सञ्चारकर्मीलाई खोपका लागि आफुले नकारात्मक भूमिका नखेलेको लगायतका कारण देखाउँदै फोकल पर्सनबाट राजिनामा फेसबुकमै पोष्ट गरे । उनले सामाजिक सञ्जालमा गु्रप च्याटमा भएका विवाद समेत पोष्ट गरिदिए । उनको पोष्ट समाचार बन्यो ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले ग्रुप च्याटमा भएको कुराकानीका क्रममा प्रयोग भएको शब्दप्रति लक्षित गर्दै सरी भनेका छन् । अध्यक्ष थारुले फेसबुकमा आफ्ना विचार पोष्ट गर्दै समग्र नागरिक सहित बाँकेका सञ्चारकर्मीलाई खोप लगाउने निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

हेर्नुुस्, अध्यक्ष थारुको पोष्ट

प्रतिक्रिया

प्रतिक्रिया