मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजीका लागि बाँके प्रहरीले मोटरसाइकल चोर्ने गिरोह खोज्न विशेष टोली गठन गरेको छ । प्रहरीले गठन गरेको विशेष टोलीले ६ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा भएको पत्रकार सम्मेलनमा बोल्दै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले विभिन्न जिल्लाबाट चोरीका मोटरसाइकल र त्यसमा संलग्नहरुलाई पक्राउ गरी नेपालगन्ज ल्याएको जानकारी दिएका छन् । उनले थप मोटरसाइकल र संलग्नहरु पक्राउ पर्ने क्रममा रहेको जानकारीदिएका छन् ।
प्रहरीले राम बहादुर थापा, धिरेन्द्र विक्रम शाही, ईरसाद अहमद मुसलमान, छविलाल पुन मगर, नवराज रोका क्षेत्री, रंजित शर्मालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रानाले थापा र शाही मोटरसाइक चोर्ने र बेच्ने कार्यक्रम रहेको अनुसन्धानका क्रममा खुलेको बताएका छन् । भारत तथा नेपालगन्जमा मोटरसाइकल चोरी गरी पहाडी जिल्लामा बेचिने गरेको प्रहरीले जानकारी दिएकोछ ।
