बाँकेका कोरोना फोकल पर्सनले दिए राजिनामा, त्यस्तो छ कारण

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर अन्तर्गतका कोरोना फोकल पर्सन तेज वलीले फोकल पर्सनको पदबाट राजिनामा दिएका छन् ।


मंगलबार उनले आफ्नो राजिनामा र कारण सामाजिक सञ्जालमा पोष्ट गर्दै त्यसको कारण पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुको अभद्र टिप्पणी बताएका छन् ।
फोकल पर्सन वलीले सामाजिक सञ्जाल फेसबुकको कोरोना सम्बन्धी सूचना प्रवाहका लागि बनाइएको गु्रप च्याटमा पत्रकार महासंघ बाँकेका अध्यक्षले व्यक्त गरेका प्रतिक्रिया पनि राजिनामा सहित पोष्ट गरेका छन् ।


यसअघि मंगलबार बाँकेका पत्रकारलाई भेरी अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णयलाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रोकेको थियो । खोपको निर्णय भएसँगै पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारलाई परिचय पत्र सहित खोपका लागि भेरी अस्पताल पुग्न आव्हान गरेका थिए । एकाएक पत्रकारका लागि खोप लगाउने कार्य स्थगित भएपछि अध्यक्ष थारु आक्रोशित भएका थिए । उनले पत्रकारलाई खोप लगाउने कार्य रोक्नमा प्रदेश सरकारमा गलत रिपोटिङ्ग कोरोना फोकल पर्सन वलीले गरेको भन्दै आक्रोशित हुँदै विभिन्न खालका टिप्पणी गरेका थिए ।

यस्तो छ, फोकल पर्सन वलीले गरेको पोष्ट

प्रतिक्रिया

प्रतिक्रिया