बाँकेका पत्रकारका लागि भोलि मंगलबार देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीले कोरोना विरुद्धको खोपका लागि भोलि भेरी अस्पतालमा प्रेस कार्ड सहित उपस्थित हुन आव्हान गरेका छन् ।
बाँकेमा पहिलो चरणको खोप सकिएको छ । पहिलो चरणमा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका छन् । बाँकेमा १७ हजार खोप ल्याइएको थियो । एक व्यक्तिलाई दुई डोज लगाउँदा पनि खोप बच्ने भएकाले दोस्रो चरणको प्राथमिकता दिएर खोप लगाउन सुरु गर्न लागिएको हो ।