
बाँकेको कोहलपुरमा पहिलो पाँच तारे होटल, सेन्ट्रल प्लाजालाई एउटा उचाईमा पु¥याएका पर्यटन व्यवसायी देव अर्याल यो वर्षबाट प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा रहेको ठाकुरद्वारामा जंगल सेन्ट्रल प्लाजा सञ्चालनमा व्यस्त छन् । युवा व्यवसायी अर्यालसँग दैनिक नेपालगन्जले सोध्योः
नेपालगन्ज (कोहलपुर) मै राम्रो गरिरहनु भाथ्यो, कोरोनाबिच नयाँ लगानीमा बर्दिया सर्नु भयो केही विशेष कारण वा सम्भावनाको खोजी ?
हो, मैले मेरो ब्यवसायिक सुरुवातनै कोहलपुर (नेपालगन्ज) केन्द्रीत भएर गरें, किनकी म यहाँको स्थायी बासिन्दा भएको नाताले पनि हुन सक्छ । तर, मेरो बिचारमा अब मानेर वा नमानेर कोहलपुर (नेपालगन्ज ) पश्चिम नेपालको औद्योगिक तथा आर्थिक केन्द्र नै हो जस्ले ऐतिहासिक र भौगोलिक सुगमताको साथै भारतीय नाकासहितको परिचय सहित अपार सम्भावना बोकेर बसेको छ ।
यसै क्रममा मेरो अनुभव र योजना स्वरुप बांकेमा पहिलो फाइभ स्टार होटलको सफल संचालन गरेको थिएँ । संघीयताको कार्यान्वयन संगै खस्कँदो होटल ब्यवसायलाई जोगाउने योजना अनुरप मैले बर्दिया र रारा दुई पर्यटकीय ठाउँलाई आफ्नो सेवा बिस्तार गर्ने लक्ष्यका साथ पहिलो प्राथमिकतामा बर्दियामा दुई बर्ष अगाडि देखि निर्माण सुरु गरेको थिएँ ।
त्यसबीच, कोरोना महामारीको प्रतिकुल समयका बिचमा पनि बर्दियामा जंगल सेन्ट्रल प्लाजा रिसोर्टले सेवा सुरु गरेको छांै । मलाई लाग्छ यो अप्ठ्यारो परिस्थिति अबको केहि समयमा सामान्य तर्फ उन्मुख हुनेछ र देशका सम्पूर्ण आर्थिक सुचांक तिब्र गतिमा बृद्धि हुनेछ जस्को फलस्वरूप पर्यटन ब्यवसाय पनि आफ्नो लय समात्ने छ भन्नेमा बिस्वस्त छु ।
बाँकेमै सम्भावना खोज्दा हुन्थ्यो ! कि विशेष योजनामा जानू भयो ?
हेर्नुस्, जसरी ब्यक्ति पिच्छे साेंच र खुबी फरक हुन्छ त्यस्तैै हरेक ठाउँको पनि आफ्नै मौलिकता र बिशेषता फरक हुन्छ । बास्तबमा बांँकेको सम्भावनामा गरेको लगानीले नै मलाई बर्दिया पु¥याएको हो । हिजो बाँंकेमा मानसरोबर जाने यात्रीको चाप देखेर जुन किसिमले नयाँ ठुला लगानीका होटलहरुहरु धमाधम एक पछि अर्काे गर्दै खुल्ने क्रम बढ्यो । तर, त्यतिबेला कसैले पनि बैकल्पिक योजनामा ध्यान दिएनन् जस्को फलस्वरुप मानसरोवरकौ बैकल्पिक मार्ग भारतबाटै खुल्यो । यात्रीमा कमि हुने क्रम बढ्यो र साथै संघीयताको कार्यान्वयन संगै यस ठाउँमा भएका सम्पूर्ण कार्यालयहरु यहाँबाट अन्यत्र सर्ने क्रम बढ्यो । जस्ले बांँकेका होटललाई संचालन खर्चपनि धान्न नसक्ने अबस्थामा पुर्यायो ।
आजको अवस्थाको जिम्मेवार केही हदसम्म स्वयम ब्यवसायी पनि हौं, किनकी हामी हाम्रो ब्यवसाय ठिकठाक हँुदाको समयमा यी कुनै समस्यासँग परिचित हुन चाहेनौं तर त्यही समयको बिचमा मैले मेरो बर्दियाको बिशेष योजना अगाडि बढाएको थिएँ ।
टूर दि ठाकुरद्वार भनेर नेपालगन्जबाट बिशेष साइकल यात्रा गरिंदै छ, के लाग्छ यसले त्यहाँको प्रवर्द्धनमा कतिको सहयोग पुग्छ ?
निश्चित रुपमा पुग्छनै पर्यटनका धेरै स्वरुप मध्यको एउटा रुप साइकल यात्रा पनि हो । यस्ले नयाँ ठाउँको खोजि गर्दै प्रबर्द्धन गर्नमा सहयोग पुर्याउछ प्रायः साइकल यात्रा हामी सबैले नै गर्ने गर्छाैं । फरक यति हो कसैले स्वास्थको लागि, कसैले आवश्यकताको लागि त कसैले नयाँ गन्तव्यको लागि ।
साइकल यात्रा बास्तवमैं एउटा रमालो अनुभूतिको माध्यम जो प्रत्यक्ष स्वास्थसंग जोडिएको छ । हिजोआज यसले एउटा छुट्टै महत्व बनाएको छ । आजका युवा तथा प्रौढका बिच निकै लोकप्रिय हँुदै यसले आफ्नो व्यवसायिकता पनि बढाउँदै छ भन्ने कुराको दरिलो प्रमाण नै (टूर दि ठाकुरद्वारा)जस्ता बृहत् कार्यक्रमको आयोजना जस्ले नेपाल देखि भारतसम्मका साइक्लिष्टहरुको सहभागितालेनै प्रष्ट्याउँदछ ।

टूर दि ठाकुरद्वार जस्ता आयोजनालाई त्यहाँका पर्यटन ब्यवसायीले कसरी लिएका छन् ?
हामी उत्साहित छौं । जो यस्ता स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमको आयोजनाले प्रत्यक्ष वा परोक्ष रुपमा पार्ने असरको तुलनात्मक फाइदा हामी लगायत हाम्रै समाजमा हुने हुँदा यी अनि यस्ता कार्यक्रमको पक्षमा हामी व्यवसायीहरुले पनि सदैब सक्दो सहयोग गर्नेनै छांै
ठाकुरद्वार खासमा के कुरामा अब्बल देख्नु भयो ? र, पर्यटकलाई के कुरा प्रवाह गर्न खोज्नु पर्ला ?
ठाकुरद्वाराको पर्यटन बिकासको इतिहास हेर्ने हो भने बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाकाल देखिनै यसमा बिदेशी पर्यटक आउन थालेको देखिन्छ ।
बिशेष रुपमा एक जना बिदेशी नागरिक जिम ऐडवार्डले आजभन्दा ५० बर्ष अगाडि देखि बर्दियामा टाइगर टप कर्णाली नामको होटलले वाइल्डलाइफ टुरिजमको सुरुवात गरेका थिए ।
यहि क्रममा केही समयपछि नेपालीहरुले पनि मोफसलका होमस्टे र होटल रिसोर्टहरु खोल्ने क्रम जारि रह्यो र खास रुपमा आन्तरिक पर्यटनको बिकास २०४६ साल पछिनै सुरुभएको हो । व्यवसायिक रुपमा बिकास भएको भने केही बर्षमात्रै भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जलाई जबदेखि बाघ संरक्षणमा छोटो अबधिमा बाघको संख्या २० देखि ८० मा पुर्याउने सफलतासंगै यसको व्यापक प्रचार प्रसार भएको देखिन्छ । यस आधारमा यसठाउँमा नयाँ लगानी पनि थपिएको छ । आन्तरिक देखि बाह्य पर्यटकको राम्रै उपस्थिति हुन थालेको छ ।
यसको जैविक बिबिधता र प्राकृतिक सम्पन्नताले जिबजन्तुको बाक्लो उपस्थिति नै यसको सबैभन्दा राम्रो पक्ष हो जहाँ अति लोपोन्मुख प्रजाति जलचर र थलचरको पनि दृश्यावलोकन गर्न सकिन्छ यो नै पर्यटक लोभ्याउने प्रचुर आधार हो ।
टूर दि ठाकुरद्वारलाई कसरी बाँके–बर्दियाको पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी बनाउन सकिन्छ ?
खासमा यस्ता कार्यक्रमले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन दुबैमा प्रभाव पारेको हुन्छ त्यस्मा पनि साइकल यात्राबाट लामो दुरि पनि तय गर्न सकिन्छ । तर पनि हाम्रो ब्यस्त जीवनशैली बिचमा बिशेषतः एक दिने छोटो दुरि गन्तव्य उपयुक्त हुन्छ । बाँके र बर्दियाको पर्यटकीय स्थलहरु सामान्य तया १०० किमि भन्दा भित्र पर्ने हुँदा ती स्थलहरुलाई जोडेर एउटा साइकल रुटको रुपम बिकास गर्न सके अब आउने दिनमा साइकल यात्रा पर्यटनले झनै आकर्षण बढाउने निश्चित छ
ठाकुरद्वारमा किन आउने ? आकर्षक पाटोलाई मज्जाले जानकारी गराउनुस् न !
बिश्वकै घुम्नै पर्ने १० गन्तव्यमा पर्न सफल बर्दिया राष्ट्रिय निकुञ्ज आफैमा हामी नेपालीले गर्व गर्न लायक कुरा हो यसको महत्व राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चुलिंदै छ ।
बिश्वबाट लोप हँुदै गैरहेको बेंगोल टाइगर जसको राम्रो संरक्षणबाट यसको बढ्दो संख्याले पनि पर्यटक आकर्षणको केन्द्र बन्दैछ, जंगल क्याम्पिङ, जंगल वाकिङ, जिप सफारी, रिभर राफ्टिङ, बर्ड वाचिङ, रिभर फिसिङ र कम्युनिटी भिलेज टूर जस्ता अतिनै आकर्षक प्याकेजका साथमा लोकल थारु परिकार छुटाउनै नहुने कुराहरु हुन जस्को लागि ठुला साना होटल तथा कम्युनिटी होमस्टेबाट यी सेवाहरु पाइन्छ