हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र ऊर्जा सिर्जना गर्दछ । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, स्वस्थ्य मन, सङ्गठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन ।
नेपालीमा एउटा भनाई छर्, जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ’यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ, हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ ।

असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । भन्ने गरिन्छ मानिसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । सकारात्क सोच नै मानिसको जीवनको ऊर्जा हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ । सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरूप नै अकल्पनीय सुन्दर बन्न सक्दछ । कुनै पनि अवस्था प्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र लल्याउनु पर्दछ ।
खप्पतड बाबाले भनेका छनर्् विचार बाण सरह हुन्छ’। जसरी बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन त्यसरी नै हामीले सोेचेको प्रत्येक विचारले आफनो कार्य गररै छोड्छ । त्यसको कार्यबाट रोक्न सकिदैन । कुनै पनि अवस्था प्रति धेरै दुखि र चिन्तित नभै सहज रुपमा लिनुलाई सकारातमक सोच भनिन्छ । त्यसैले सुखी हुन हाम्रो मनमा हरपल सकारात्मक सोचाई आउन जरुरी छ । सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ ।

स्वस्थ, खुशी व्यक्तिहरू आजको दिन कसरि उपयोगी बनाउने भनेर सोच्दछन र कसरि सफलता हासिल गर्ने भनेर प्राय जस्तो सोच्ने गर्दछन । यसरि सकारात्मक दृष्टिकोणको विकासले तपाईंको सम्पूर्ण जीवनलाई सच्चाइमा परिवर्तन गर्न सक्दछ ।

सकारात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ । कल्पना गर्नुहोस, यदि तपाई एकघण्टा सम्म मनमा नकारात्क सोच पैदा गरी अनि आफनो शरीरको अवस्था जाच्नुभयो भने त्यसबेला तपाईको शरीर १२ घण्टा कडा काम गरे भन्दा बेसि थाकेको महसुस गर्नु हुनेछ । अब विचार गर्नुहोस, तनावमुक्त रुपमा मानसिक रुपमा स्वस्थ रहनका लागि सकारात्मक सोचको कति खाँचो पर्दो रहेछ । मनमा किन नराम्रो विचार आयो ? यो पत्ता लगाउन सकियो भने मनमा राम्रो विचार भर्न सकिन्छ । कुनै पनि अवस्थाबाट विचार पैदा हुन्छ । समस्यालाई सानो देखेर आफुलाई त्यस प्रति ठूलो वनाइयो भने सबै भन्दा सजिलो सकारात्मक हुने उपाय रहन्छ । त्यसैले रिस, द्धेष, घृणा र चिन्ता त्यागेर प्रसन्न चित्तमा रहदै सकारात्मक सोचको बिकास गर्न सकियो भने शरीरमा शक्ति प्राप्त हुन्छ ।

डा. योगी विकाशानन्द भन्छन् र्ःसंसारलाई बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ’ हामीमा पछिल्लो समय सबै काम अरूले नै गरिदिनुपर्ने र आलोचना खेती चाहिँ आफूले गर्न पाउनुपर्ने दाबी बढ्दो छ । यो बिलकुल गलत कुरा हो । अरूले यो गरेन त्यो गरेन भनिरहँदा मैले चाहिँ के गरेँ त भन्ने ठाउँबाट प्रश्न सुरु गर्नुपर्छ ।

डा. म्याक ओडेलका अनुसार्र एउटा महान कार्यको थालनी गर्ने दिन आजै हो’ रत्तिभर ढिला नगनु‘स अरूको आलोचना गरेर समय बर्बाद गर्ने होइन, आफ्नो काम गरेर समय सदुपयोग गर्नुहोस । सबैप्रति सकारात्मक धारणा बनाउनुस । जीवन र जगतलाई सुन्दर देख्नुस । सकारात्क सोच घर, संस्था, सङ्गठन कार्यालय, समाज सबैमा प्रयोग गर्नुस । याद राख्नुहोस सकारात्मक सोचको सुरुवात आफैँबाट गर्नुहोस, अहिले नै गर्नुहोस अनि मात्र अरूमा पनि सकारात्मक सोच आउने छ ।

हेनरी मैत्से भन्छनर्् उसको लागि फुल सधैँ अगाडि हाजिर हुन्छ, जो फुल देख्न चाहन्छ । तर चाहना फुल देख्ने नै हुनुपर्छ’ मैत्सेको मतलब हो कुनै पनि मानिसको लक्ष्य स्पष्ट हुनुपर्दछ । विष्टर्न चर्चिल भन्छनर्् निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ’ चर्चिलको यो भनाइले समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर मानिसको सोचाइ मात्र हो भन्ने कुरा देखिन्छ ।

हामी दिमागमा जति नकारात्मक कुराहरू खेलाउँदै जान्छौ हामी कर्ममा पनि त्यतैतर्फ उन्मुख हुन्छौँ । मन र मष्तिष्कमा नकारात्मक कुराको गुँड लगाउने अनि मुखले चाहिँ सकारात्मक बाटोतर्फ हिँड्छु भनेर सकारात्मक सोचको यात्रा सम्भव छैन । हुँदैन । मुखले सकारात्मक सोचतर्फ यात्रा भने पनि मनमा नकारात्मक सोच छ भने हामी आफूले थाहा नै नपाई नकारात्मक मार्गतर्फ यात्रा गरिरहेका हुन्छौँ । त्यसैले सकारात्मक यात्राको पहिलो खुड्किलो मनमष्तिष्क हो । मुख होइन ।

जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । नकारात्मक सोच भएका व्यक्ति भन्दा सकारात्मक सोच भएका व्यक्तिहरू कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्न सक्दछन् ।

नेपाली समाजमा हिजोआज जतासुकै पनि नकारात्मक कुरा मात्र देख्न र सुन्न पाइन्छ । कहीँ कतै समूहमा बसेर छलफल गरिरहेका मानिस हुन वा दुईजना बीचको कुराकानीमा होस सञ्चार माध्यममा होस वा अन्य क्षेत्रमा होस सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ । यस्तो भएन, त्यस्तो भएन भन्ने गुनासा, असन्तुष्टि एवं निराशाले वातावरणलाई दूषित तुल्याएको छ । यसरी वातावरण नै दूषित भएपछि मानिसको मनस्थितिमा समेत स्वाभाविक तवरले नकारात्मक असर पर्छ ।

जहिले पनि अरूलाई मद्दत गर्ने भावना मनमा पाल्नु पर्छ । यो नै वास्ताविक र दीर्घकालीन खुसी हो । आफूमा भएको गुण, क्षमता र सीप अरूलाई पनि बाड्नका लागि हो । भण्डारण गर्नका लागि होइन । गुण, क्षमता र सीप भण्डारण गरेर ब्याज प्राप्त पनि हुँदैन । तर ज्ञान र सीप बाँड्दा घट्दैन, बरु बाँड्दा झन बढ्छ ।

अरूलाई दिएर प्राप्त गरेको खुसीले नै मानिसलाई सकारात्मक बाटोतर्फ लैजान्छ । लिएर पाएको खुसीले कहिल्यै सकारात्मक बनाउँदैन । सकारात्मक सोचका लागी स्वास्थ्यमा ध्यान दिने, नियमित व्यायाम गर्ने, खानपानमा ध्यान दिने, पानीको मात्रा मिलाएर पिउने, स–सान काम गर्दा पनि त्यो रमाएर गर्ने, कसैको इष्र्या र डाहा नगर्ने, गर्नु पर्दछ । बढि महत्वकांक्षी नहुने, आफ्नो क्षमताको आधारमा बाँच्न सिक्नु पर्दछ ।

सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै अनगिन्ती समस्या भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा हैन, आफ्नै मनमा छ । त्यसका लागी मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोचको मुहान हामी आफैँ हौँ । मात्र आफैँ । सफलताको मुख्य सुत्र सकारामक सोच हो । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोच राख्ने ब्यक्ति बनाउँ । जिवनलाई सफल बनाउ ।- लेखक अधिवक्ता हुन

प्रतिक्रिया

प्रतिक्रिया