साइकल यात्रुलाई अवरोध नहोस्

पर्यटन प्रवद्र्धनका लागि नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गर्न लागेको टुर दि ठाकुरद्धाराको तेस्रो सस्करणको अन्तिम तयारीमा पुगिरहँदा राजनीतिक आन्दोलनले यात्रु प्रभावित हुन नदिन आव्हान गरिएको छ ।
स्वास्थ्य, पर्यावरण र पर्यटन का लागि साइकल भन्ने मुख्य नारा बोकेर देश बिदेशबाट कार्यक्रममा सहभागिता जनाउने साइक्लिस्टहरुलाई भोली विहीवार हठात् आव्हान गरेको बन्दले प्रभाव पार्ने भन्दै नरोक्न आव्हान गरिएको हो । (हे. विज्ञप्ति)


नेपालगन्जमा रमाउँदै बाँके र बर्दिया जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने मुख्य लक्ष्य लिएर २०७५ देखि शुरु गरिएको कार्यक्रममा यस वर्ष १५० जना साइक्लिस्टहरुले सहभागिता रहने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा बाँकेको आयोजनामा यस वर्ष यो कार्यक्रम गरिंदैछ । आयोजनामा यस वर्ष नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका सहित बाँके र बर्दियाका स्थानीय तह, पर्या पर्यटन मंच बर्दिया सहित झन्डै दर्जन बढी संघ सस्था र निजी क्षेत्रले सहकार्य गरेको छ ।
कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार, यसबर्ष भारतको बरेली बाट ३, नैनिताल बाट १ र ओडिसा बाट १ गरि ५ जना साइक्लिस्ट सहित देशभर का १५० जना साइक्लिस्टहरुले कार्यक्रममा सहभागिताको लागी नाम दर्ता गराइसकेका छन् ।
विश्व साइकल यात्री पुष्कर शाहले राइडको नेतृत्व गर्ने जानकारी दिंदै आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष गगनसिंह थापाले साइक्लिस्टहरुले बाँके र बर्दिया जिल्लाका पर्यटकीय स्थलको भ्रमण गन्तव्यमा पुग्ने बताए । १२ जना महिना साइक्लिस्टको सहभागीता निश्चित भएको आयोजकले जनाएको छ ।
नेपालगन्जको बागेश्वरी मन्दिर प्राङ्गण बाट माघ २३ गते बिहान् ८ बजे शुरु हुने साइकल यात्रा नेपालगन्ज शहर परिक्रमा गर्दै जानकी, खजुरा, बढैयाताल, गुलरिया, कृष्णसार, मधुवन (ताराताल), ओरालिबजार, डल्ला होमस्टे हुँदै ठाकुरद्वार मन्दिर सम्म को साइकल पुरा गरि विश्राम गर्ने र भोलिपल्ट बिहान् ठाकुरबाबा मन्दिरको दर्शन , बर्दिया रास्ट्रीय निकुञ्जको भ्रमण, नेपालकै लामो पुल गेरुवा कर्णाली पुल, घुमेर साझ थारु सास्कृतिक कार्यक्रमको आयोजना गरिने अध्यक्ष थापाले जानकारी दिए ।

भोलिपल्ट बिहान् २५ गते सबै साइक्लिस्टहरु बबई हुँदै सत्खलुवातालको अवलोकन गर्ने साथै सबै सहभागीलाई सत्खलुवामा बारबर्दिया नगरपालिकाले स्वागत सहित दिवाखानाको ब्यबस्थापन गरेको क्लबले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साइक्लिस्टहरुले बासगढी नगरपालिकामा रहेको प्रसिद्ध ॐ केदारेश्वर धाम पुगेर औपचारिक रूपमा कार्यक्रमको समापन ॐ केदारेश्वर धाममा गरिने कल्वका अध्यक्ष थापाले जनाए ।
पत्रकारहरुबीच आयोजक क्लब अध्यक्ष थापा, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, कार्यक्रम संयोजक निरौलाले टिसर्ट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया