नेकपा बाँके बुटवलको आमसभाको तयारीमा

नेपाल कम्युनिष्ट पार्टी बाँकेको शनिवार बसेको जिल्ला कमिटिको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ । संयोजक सूर्य ढकालको अध्यक्षता र केन्द्रीय सदस्य देवराज भारतको प्रमुख आतिथ्यतामा बसेको बैठकले माघ २३ गते काठमाण्डौंं र २९ गते बुटवलमा आयोजना हुने जनसभामा बाँकेबाट भव्य रुपमा जनसहभागिता गराउने गरिएको सचिव प्रमोद धितालले बताए ।


बैठकले २९ गते बुटवलमा आयोजना गर्न लागिएको बिशाल जनसभामा बाँकेबाट २० वटा ठूला बस र २५ वटा साना बसमा नेता कार्यकर्तालाई लैजाने निर्णय भएको छ । जनसभामा सहभागिता जनाउने कार्यलाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति समेत गठन गरिएको छ भने अनुगमनका लागि केन्द्रीय सदस्य मोहदमद हारुनलाई अनुरोध गरिने भएको छ ।

बैठकले रिक्त रहेको क्षेत्र नं. १ को संयोजकमा बलराम भटट्राई र सचिवमा भरत बुढाथोकीलाई मनोनयन गर्ने निर्णय गरेको सचिव धितालले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया