लकडाउनका कारण बन्द रहेको ३० वटा नाकालाई सरकारले खुला गरेको छ । मन्त्रीपरिषद् बैठकले भारत तथा चीन तर्फका नाका खोल्ने निर्णय गरेको जानकारी दिएको हो । गृह मन्त्रालयले नाका खोल्ने निर्णयको सर्कुलर सम्बन्धित जिल्ला प्रशासनमा गरेको छ ।
सरकारले यसअघि १४ नाका खोलेको थियो । जसमा १६ वटा थप गरिएको हो । नाका औपचारिक रुपमा खुलेपछि मापदण्डको पालना गर्दै सीमावर्ती बजारमा खरिद, बिक्रीका लागि नेपाली ओहोरदोहोर गर्न पाउने भएका छन् । खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशीले शर्त सहित पालना गरेर आवागमन गर्न पाउनेछन् ।