बाँके प्रहरीले कोहलपुरबाट रेडपान्डाको छाला सहित तीन जनाको पक्राउ गरेको छ ।
प्रहरीले बुधबार रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा कोहलपुरको दैलेखी होटलको कोठा नं. ११३ मा छापा मार्दा रेडपान्डाको छाला सहित तीन जना फेला परेका हुन् ।
झोलामा लुकाई छिपाई राखेको लोपन्मुख बन्य जन्तु रेड पाण्डाको छाला थान २ फेला परेपछि प्रहरीले उनीहरुलाई थप कारवाहीको लागि राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाएको छ ।