व्यक्तिका नाममा गएको ५० करोडको जग्गा सरकारकै नाममा फिर्ता

अनियमित तरिकाले व्यक्तिका नाममा गरिएको ५० करोड मूल्य बराबरको जग्गा सरकारको नाममा फिर्ता ल्याइने भएको छ ।

बाँकेको खजुरा–४ को बिष्णु कुमार थापा र रत्ना कुमारी थापाको नाममा अनियमित तरिकाले दर्ता रहेको रु ५० करोड बराबरको १७ बिगाह जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरिएको मालपोत कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले व्यक्तिका नाममा गएको सरकारी जग्गा सरकारककै नाममा गर्ने निर्णय गरेका मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमर सेजुवालप्रति आभार व्यक्त गरेका छ । प्रजिअ कुरुम्वाङ्गले जग्गा व्यक्तिका नाममा गएको थाहा पाए लगत्तै सरकारका नाममा ल्याउन पहल गरेका थिए ।

यो पनि पढ्नुहोस्

कर्मचारीको मिलेमतोमा ५० करोड बढीको चलखेल

प्रतिक्रिया

प्रतिक्रिया