दोस्रो जुमा कप फुटबल प्रतियोगिताको तयारी

जुमा स्पोर्टस् क्लब नेपालगन्जले यस बर्षपनि फु्टबल प्रतियोगिता आयोजनाको तयारी थालेको छ । क्लबले यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघमा आबद्ध वस्तुगत व्यवसायी संघहरु बीच प्रतियोगिताको आयोजना गरेको आगामी संस्करणमा पेशागत व्यवसायीलाई पनि सहभागी बनाउने तयारी गरेको क्लब अध्यक्ष भीम बहादुर रानाभाटले जानकारी दिएका छन् ।

क्लबको यसअघि भएको कार्यसमितिको बैठकले क्लब अध्यक्ष रानाभाटलाई प्रतियोगिताको तयारीको जिम्मेवारी दिएको छ । अध्यक्ष रानाभाटको अध्यक्षतामा आइतबार भएको सल्लाहकार समितिको बैठकले प्रदेशसभा सदस्य सुरेन्द्र हमालको संयोजकत्वमा प्रतियोगिता तयारी अगाडि बढाउने निर्णय गरेको छ । जु्माले आगामी फागुन पहिलो साता प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

छलफलमा नेपाल उद्योग बाणिज्य महासंघको निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरि, वरिष्ठ ब्यवसायी तथा समाजसेवी संजय थापा, ला. लिडर शेमराज शाक्य, रा.खे.प. पूर्व केन्द्रीय सदस्य बिनोद मैनाली, लुम्बिनी प्रदेश खेलकुद बिकास समिति निवर्तमान अध्यक्ष भिम ओलि, लुम्बिनी प्रदेश होटल ब्यवसायी संघका अध्यक्ष भाष्कर काफ्ले, पत्रकार झलक गैरे, टि.एस.ठकुरी, लुम्बिनी प्रदेश खेलकुद प्रशिक्षक जनक केसी लगायत सहभगाी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया