बजारमा कृतिम अभाव देखाउँदै उपभोक्ता सामाग्र्रीमा अत्याधिक मूल्य वृद्धि गरिएको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । व्यवसायीले तेल, चामल, दाल लगायतका खाद्य सामाग्रीको अस्वाभिक मुल्य गरि उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै अधिकारकर्मीहरुले त्यसलाई नियन्त्रणमा लिनुपर्ने बताएका हुन् । उत्पादन, खरिद र बिक्री मूल्यमा पछिल्ला दिनमा निकै फरक हुनसक्ने भन्दै अधिकारकर्मीहरुले त्यसको एकिन गरी यथोचित मूल्य निर्धारणमा जोड दिएका छन् ।
होटलहरुले एमआरपी मुल्य भन्दा सयौ गुणा बढी मुल्यमा मिनरल वाटर, कोक लगायका पेय पदाथको बिक्री बितरण गरिरहेको, सिमेन्ट छड लगायतका निर्माण सामाग्रीको अत्याधिक मुल्य बढाउँदा उपभोक्ता मारमा परेकाले प्रभावकारी नियमनका लागि सरोकारवालाको ध्यानाकर्षण गराइएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए । ब्यवसायीले बिभिन्न बहानामा बस्तु तथा सेवाको मुल्य बढाएको बिषयमा नियमनकारी निकायको ध्यान पुग्न नसकेको भन्दै उपभोक्ता अधिकारकर्मीले बस्तुको कृतिम अभाव गराउने, अस्वाभिक मुल्य बृद्धि गरि उपभोक्ता ठगि गर्ने उपर कडा कानूनी कारवाही हुनु पर्ने गौतमले बताए ।
उपभोक्ता अधिकारकर्मीसंगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले कालो बजारी रउपभोक्ता ठगिका घटना हुन नदिन प्रशासन लागी परेको बताए । नियमनकारी निकाय बिचको आवश्यक समन्वय र प्रभावकारी नियमन गर्ने उद्देश्यले आज सोमबार सरोकारवाला निकाय बिचमा जिल्ला प्रशासन कार्यालय बाँकेमा समन्वय बैठक राखिएको प्रजिअ कुरुम्बाङ्गले बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतम, मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी र मञ्चका सदस्य एवं फियान नेपालका नेपालगन्ज संयोजक सुरेश कुमार गौतमले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग, सहायक प्रमुख जिल्ला अधिकारी एवं निरिक्षण अधिकारी दिर्घराज उपाध्याय, बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याललाई भेटी प्रभावकारी बजार अनुगमन र उपभोक्ता हित संरक्षणमा जोड दिए दिएका हुन् ।