स्मार्ट लाइसेन्स नै नक्कली, अनुसन्धान गर्दैै प्रहरी

बाँके प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । त्रिभुवनचोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको एक पसलेलाई नक्कली स्मार्ट लाइसेन्स बनाएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्काले प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको स्मार्ट लाइसेन्समा आशंका लागेपछि अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनले पसलेले पैसा लिएर लाइसेन्स बनाउने गरेको भएपनि लाइसेन्स सक्कली वा नक्कली हो, कति लाइसेन्स बनाइयो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया