गाउँमै बसेको भए एसएलसी पास भएलगत्तै मेरो विवाह हुने थियो । गाउँमा विहेको उमेर भनेकै १४/१५ बर्ष मानिन्थ्यो । मैले १५ बर्षमै एसएलसी परीक्षा दिएको थिएँ । मेरा उमेरका प्रायः सबै साथीको बिहे भइसकेको थियो । गाउँ छाडेकैले म बालविवाह हुनबाट जोगिएँ ।
दुई वर्षको सुर्खेत बसाईपछि नेपालगञ्ज झरिसकेको थिएँ । बीएल दोस्रो वर्षमा पढिरहँदा घरबाट विवाहको लागि दबाब आउन थाल्यो । मेरो पढाई सकेर विहे गर्ने सोँच थियो । त्यसैले आलटाल गर्दै आएको थिएँ ।
बुवा दमको बिरामी हुनुहुन्थ्यो । उमेर पनि ढल्किदै थियो । बुवाले मेरो विवाह हेर्ने अन्तिम इच्छा गर्नु भएको खबर पाएँ । त्यो कुराले मेरो मन छोयो । बुबामुमाकै कारण धर्तीमा जन्मिएँ, हुर्किएँ, बढेँ, पढेँ–लेखेँ । एक न एक दिन विवाह गर्नु नै छ भनेपछि बुवाको इच्छा पूरा किन पूरा नगर्ने ! हरेक बुवाआमालाई छोराछोरीको विवाह गरिदिने, नातीनातिनी खेलाउने धोको हुन्छ । मेरा बुवामुमाको अभिलाशा त्यही न थियो ।
नेपालगञ्ज आएको दुई वर्ष भएको थियो । आयस्रोत केही नभएकाले मात्र म बिहेका लागि हच्किएको थिएँ । आफ्नै खानेबस्ने ठेगान नभएको बेला विवाह गरेर श्रीमतीलाई कसरी पाल्ने ? मुख्य चिन्ता यही थियो । बुबाको अन्तिम सदिच्छा गर्नका लागि पनि मैले बिहे गर्ने निधो गरेँ । विवाह गर्ने त भनियो, कोसँग गर्ने ? भर्खर पढ्दै गरेको केटालाई कसले पत्याउला ? विवाह गरेपछि श्रीमतीलाई कहाँ राख्ने ? पढाई के होला ? मनभरी यस्तै प्रश्नहरु उब्जिए ।
विवाह गर्ने भए केटी खोजिदिन्छौ भन्नेहरु निस्केका थिए । हाम्रो घरपरिवारका सदस्यको कालिकोट, बाजुरा, बझाङतिर नै विवाहबारी हुन्थ्यो । सायद, त्यतैतिर केटी खोज्ने तयारी थियो होला भन्ने ठानेँ ।
० ० ० ० ०
बिहे गर्ने निधोपछि केटीको खोजी हुन थालेछ । मेरो मनमा अनेक कुरा खेल्न थाले । कस्ती होलिन् मेरी जीवनसाथी ? कहाँकी पर्लिन् ? मलाई कति माया गर्लिन् ? तत्काल बिहे गर्ने सोँच नभए पनि बुवाको इच्छा पूरा गर्न म विवाह बन्धनमा बाँधिन थालेको थिएँ । मनमनै म कल्पनाको सागरमा प्रेमको डुबुल्की मारिरहेको थिएँ ।
कसलाई भनौँ, उकुसमुकुस हुन थाल्यो । म बस्ने घरमा विनोद राठौर बस्थे । विनोदको मामाघर अछाम कालीमाटी (हाल कैलाली) रहेछ । मामाघर अछाम भएकाले उनी मलाई मामा भन्थे, मैले भान्जा भन्न थालेको थिएँ ।
एकदिन मैले विनोद संग विवाहको योजनाबारे बताएँ । मुखै फोडेर भने, ‘भान्जा हजुरको गाउँतिर कुनै मेरो योग्य केटी भए विवाहको वातावरण मिलाउनुप¥यो ।’ भान्जाले आप्mनो दिज्जु नाता पर्ने केटीको कुरा गरे । केही दिनपछि उनले फोटो ल्याएर दिँदै भने, ‘दिदी सरल स्वभावकी छिन् । गाउँको स्कूलमा पढाउँछिन् । मन प¥यो भने भन्नु होला कुरा गरौँला ।’
उनले टीकापुर पार्कमा बसेर र उठेर खिचिएका युवतीका दुई तस्विर मेरो हातमा राखिदिए । पहिलो नजरमै केटी मन प¥यो । निर्दोष अनुहार, साधारण पहिरन, पुक्क परेका गाला, मायालु अनुहार देख्दै म लोभिएँ । मैले त मन पराएँ । उनले कस्तो केटा खोजीरहेकी होलिन् ? मैले विनोदलाई मेरो वास्तविक अवस्था बताइदिन भनेँ । पढालेखा केटाले आफ्नो भविष्य आफै बनाइहाल्छ नि ! भन्ने सोचेरै हुनुपर्छ केटीतिरबाट पनि सकारात्मक कुरा आयो ।
केटी मन परेको हो भने एकपटक भेटघाट गरेर कुरा अघि बढाउँदा ठिक होला भनेर बिनोदले सल्लाह दिए । केटी पक्षको प्रस्ताव पनि त्यही थियो । म र विनोद केटी हेर्न लम्की गणेशपुर गयौं । मैले यी सबै कुरा साथीभाइ र आफन्तलाई भनेको थिइन । अर्पझट केटी हेर्न जाने कुरा भयो । मसँग राम्रा कपडा थिएनन् । किन्न समय र पैसा दुबै थिएन् । त्यसैले विनोदकै कपडा लगाएर म केटी हेर्न गएको थिएँ ।
त्यो बेला म दुब्लोपातलो थिएँ । नेपालगञ्जमा मेरो न घर थियो, न कुनै नोकरी । सिंगो परिवार अछाममै थिए । तराईमा हुर्के बढेकी केटी पहाडको केटासँग विवाह गर्न मन्जूर होलिन वा नहोलिन् म अन्योलमै थिएँ । केटीको परिवारसँग घरायसी कुराकानी भयो । मैले हतारमा विवाह गर्नुको कारण पनि नढाँटेरै भनेँ । केटीसँग सामान्य हेराहेर र देखादेख भयो । विनोदले केटीसंग कुराकानीको वातावरण मिलाए ।
केटी साहै्र लजालु स्वभावकी रहिछन् । म फोटो हेरेरै आकर्षित भएको थिए । प्रत्येक्ष भेट्दा झन् मन प¥यो ।
केटा र केटीलाई छुट्टै कोठामा भेट्ने माहोल मिलाइएको थियो । के बोल्ने, के सोध्ने ? मलाई पनि लाज लागिरहेको थियो । मैले नामसम्म सोधेँ ।
‘कन्चन ।’
उनले खुट्टाको बुढीऔलाले भुइ कोतर्दै भनिन् । लाजले अनुहार रातो भएको थियो । के गर्दै ? पढाई कहाँ पुग्यो ? यस्तै औपचारिक प्रश्न सोध्नेबाहेक खास कुराकानी भएन् । उनले कुनै प्रश्न गरिनन् । एउटा परिक्षार्थीले दिएको अन्र्तवार्ताझै मैले प्रश्न सोध्ने र उनले जवाफ दिने काम मात्र भयो ।
कन्चनको परिवारले पनि सम्भवतः मलाई मन परायो । एउटी सुन्दर र सुशील कन्यासंग घरजम हुने निधोजस्तै भएकोम खुशीले फुरुङ्ग हुँदै म नेपालगञ्ज फर्किएको थिएँ ।
म पढ्न बसेको विद्यार्थी न थिएँ । भाडाको एउटा कोठामा जीवन निर्वाह भइरहेको थियो । मलाई के सोँचेर विवाहका लागि सहमत भए होलान् ? यो प्रश्नको जवाफ मैले अहिलेसम्म पाएको छैन । सबै भाग्यको खेल रहेछ भन्ने ठान्छु । केटाकेटीको मन मिलेकाले अब छिट्टै बुबाको इच्छा पूरा हुने कुरामा आशा जागेको थियो । बुवाको स्वास्थ्य ख्याल गर्दै यथासक्य छिटो मगनी गर्ने र लगत्तै विवाह गर्ने सल्लाह गरियो ।
० ० ० ० ०
२०५२ साल मंसिर महिनामा एउटा औठी र माला एक–अर्कालाई पहि¥याएर मगनी ग¥यांै । बिहे त्यही बर्षको फागुनमा विवाह गर्ने टुंगो लाग्यो ।
मगनीपछि कन्चन र म बैधानिक रुपमै नजिकियौँ । हाम्रो सम्बन्ध झ्यागियो, प्रेम टुसाउन थाल्यो । प्रेमपत्र आदानप्रदान गर्न थाल्यौ । अवस्था यस्तो आयो कि चिठीपत्र ढिला हुँदा पनि चिन्ता लाग्ने, उराठ–उराठ लाग्थ्यो । गहिरो प्रेम बसेछ, क्यारे ! चिठी र कन्चनको फोटो सदैव सिरानीमा राख्थेँ र दोहो¥याई–तेह¥याई चिठी पढ्थेँ । तस्विर हेरेर आफै मुस्कुराउँथे । कन्चनको प्रेमरसले भरिएको साहित्यिक लेखन मलाई असाध्यै मन पथ्र्यो ।
मैले मगनी गरेको खबर अछाममा घरपरिवारलाई पठाएँ । फागुनमा बिहे गर्ने कुरा भएको र त्यही अनुसार तयारी थाल्नुपर्ने कुरा पनि पत्रमार्फत भनेँ । आफ्नो इच्छा पूरा हुन लागेकोमा बुवा खुशी हुनु भएको थियो । तर, त्यो खुशी साट्न हामी संगै थिएनौ ।
० ० ० ० ०
फागुनमाविवाह गर्ने टुंगो लागेको थियो । घरमा तयारी चल्दैथियो । गरगहना र खर्च जुटाउने सल्लाह हुँदैथियो । त्यहीबेला बुवालाई रोगले च्याप्यो । उहाँको फागुन २ गते स्वर्गारोहण भयो । मेरोे विवाह हेर्ने बुबाको अन्तिम इच्छा मैले पुरा गर्न सकेँन । बुवाले छाडेर गएको दुःख एकातर्फ थियो, अर्कोतर्फ अन्तिम इच्छा पूरा गर्न नसकेकोमा मलाई ठूलो थकथकी लाग्यो । बुबाको स्वर्गवास भएका कारण घरमा एक वर्षसम्म धार्मिक र सांस्कृतिक कार्य गर्न मिल्दैनथ्यो । त्यसैले हाम्रो विवाह स्वतः एक वर्ष पछि धकेलियो ।
० ० ० ० ०
यो बीचमा कन्चन र मेराबीच पत्राचार भने भइरहे । सुख–दुःख, मायाप्रेमका कुरा पत्रमार्फत हुन्थे । एक वर्षपछि विवाह गरौंला, दुई मुटु एक बनौला भन्दै चित्त बुझाइरहेका थियौ ।
जब एक वर्ष पुग्न लाग्यो, मेरो मनमा भय सिर्जना हुन थाल्यो । विवाह खर्च कसरी जुटाउने ? चिन्ता यसैमा थियो । बुवाछँदै भए विवाहको सबै खर्च बुवाबाट हुन्थ्यो । बुवाको भरोसामै मैले विवाहको आँट गरेको थिएँ । अब विवाह खर्च घरबाट व्यवस्था होला कि नहोला ? आप्mनो कुनै रोजगारी र आम्दानीको स्रोत थिएन् । भाडाको कोठामा कसरी राख्ने ? के खाने, के खुवाउने ? पुरानै चिन्ताले पिरोल्न थाल्यो । एक वर्ष पुग्नै लाग्दा कन्चनको घरबाट विवाह कहिले गर्ने भनेर सोधियो ? मैले आप्mनो यथार्थ कुरा भन्न सकिन । त्यसैले दाजुहरुसँग सल्लाह गर्छु र जानकारी गराउँछु भन्दै गएँ । भनिन्छ, ‘एक झुट लु्काउन, १० झुट बोल्नु पर्छ ।’ मलाई पनि त्यस्तै भयो ।
कहिले क्याम्पसको परीक्षा छ भन्थेँ । कहिले कानून व्यवसायीको परीक्षा छ भन्ने बहाना बनाएर विहे परपर सार्ने लगेँ । मेरो उद्देश्य कन्चनसंग विवाह नगर्ने थिएन् । थोरै बन्दोबस्त होस् अनि गरौला भन्ने थियो ।
कन्चनलाई पत्र लेखेर तत्काल विवाह नगर्नुको कारण देखाउँथे । यथासक्य छिटो विवाह गर्ने प्रतिबद्धता पनि जनाउँथे । मैले पठाएका सबै पत्रहरु कन्चनले संगालेर राखेकी रहिछन् । अहिले त्यो पत्र हेर्दा कति झुट बोलिएछ जस्तो लाग्छ । लामो समयसम्म विवाह नगरी पटक–पटक मिति सार्दै जाँदा कन्चन र परिवारको मनका के–कस्ता चिन्ता र आशंका उब्जिए होलान् ! कन्चनको स्वभाव अलि कम बोल्ने, सरल र एकहोरो प्रकृतिको थियो । ‘विवाह गरे तपाईसँग गर्ने, तपाईँसँंग नभए बिहे नै नगर्ने भनेर दिज्जु बस्नुभा’छ’ भान्जा विनोदले बेलाबेला सुनाइरहन्थे ।
त्यो अवधिमै कन्चनकी बहिनीको समेत विवाह भइसकेको थियो ।
विभिन्न बहाना बनाएर विवाह सार्दै अर्को एक वर्ष पनि बित्यो । तैपनि, म विवाह गर्ने हिक्मत जुटाउन सकिरहेको थिइन् । पढाई, परीक्षालगायतका विभिन्न बहाना बनाउँदै विवाहका लागि समय माग्थेँ । त्यो मेरो कुनै रहर थिएन, परिस्थितीले सिर्जना गरेको बाध्यता पनि थियो ।
यो बीचमा एकपटक विवाहको महिनासमेत निश्चित गरिएको थियो । त्यो मितिमा पनि विवाह गर्न सम्भव नभएपछि मैले चक्रराज जोशी (हाल प्रहरी सेवामा)लाई पत्रसहित अन्तिम म्याद थपको लागि कन्चनको घरमा नै पठाएको थिएँ । जोशीले मेरो पढाई, परिस्थिती र विवाहबारे सबै प्रष्ट पारेर अन्तिम पटकलाई विवाह सारिदिए ।
० ० ० ० ०
बिसं.२०५४ मा बीएलको पढाई पुरा भयो । यसबीच म कानून व्यवसायमा प्रवेश गरिसकेको थिएँ । बीएल सकिएको र कानून व्यवसायमा प्रवेश गरेकाले अब विवाह हुन्छ भन्ने कन्चनको परिवारलाई लागेको रहेछ । यसअघि थप गरिएको समयमा पनि विवाह हुन सकेको थिएन् । विवाहको मिति सार्ने अर्को बहाना बनाएँ, ‘काठमाडौं गएर एलएलएम अध्ययन गर्छु । त्यसपछि विवाह गरौँला ।’
यो पटक तीन वर्षको समय मागेको थिए । एलएलएम पूरा गर्न तीन वर्ष लाग्ने र सो अध्ययन गर्नको लागि काठमाण्डौ जानुपर्ने खुलाएको थिएँ । उच्च शिक्षाका लागि जान खोजेकाले कन्चनका परिवारले पनि सिधै रोक्न खोजेनन् ।
एलएलएम अध्ययनका लागि प्रवेश परीक्षा दिन म नेपाल ल क्याम्पस काठमाण्डौँ पुगे । परीक्षा पनि दिएँ । दुर्भाग्य भनौ वा शौभाग्य, म पास हुन सकिन । प्रवेश परीक्षामै फेल भएपछि विवाह सार्ने मेरो बहाना सकियो । सायद कन्चनको प्रेमले जित्यो । आफैलाई लाग्न थालिसकेको थियो, धेरैपटक विवाहको मिति सारेर कन्चनको परिवारमाथि अन्याय गरिरहेको छु । अब जस्तो पर्ला, त्यस्तै टर्ला ! समस्यासँग जुध्दै जाउँला भन्ने सोचेर विवाहको आँट गरेँ ।
बिसं. २०५५ फागुन २७ गते विवाहको मिति तय भयो । आर्थिक अवस्थालाई मध्येनजर गरेर मैले बागेश्वरी मन्दिरमा विवाह गर्ने प्रस्ताव राखेँ । मन्दिरमा विवाह गर्दा खर्च कम होला भन्ने लागेको थियो । तर, पारिवारिक एवं सामाजिक कारण देखाएर कन्चनको परिवारले घरमै आउनुपर्ने सन्देश पठाए । मैले इन्कार गर्न सकिन ।
मगनी गरेपछि जतिसक्यो छिटो विवाह गरेको राम्रो मानिन्छ । ‘चट् मगनी, फट् विवाह’ भन्ने त उखानै छ । मगनी गरेर लामो समय विवाह नहुँदा अनेक समस्या आइलाग्लान् भनेर त्यसो भनिएको होला । मगनी भएको तीन वर्षसम्म पनि विवाह हुन नसक्दा कन्चन र उनका परिवारले के कस्ता भनाई र आशंकाको सामना गर्नु प¥यो होला ! त्यो सोँचेर पनि म घरबाटै विवाह गर्न राजी भएँ ।
० ० ० ० ०
विवाह गर्ने निश्चित भइसकेपछि पनि केही विधि र प्रक्रिया पूरा गर्नैपर्छ । एकसरो कपडा र गरगहना त चाहियो नै । आपूm पनि दुलाहाजस्तो देखिनुप¥यो । मुमाले सुनको एउटा गहना दिनु भएको थियो । दाजुहरु भारतको दिल्लीमा हुनुहुन्थ्यो ।विवाह खर्च जुटाउन म दिल्ली पुगेँ । मुमाले दिएको गहना र दाजुहरुले दिएको पैसाबाट विहेको तयारी अघि बढाएँ ।
कन्चनलाई स–साना गहना बनाएँ, एकजोर कपडा किनिदिएँ । आफूलाई वकालत गर्दासमेत काम लागोस् भनेर कालो कोट र सेतो सर्ट सिलाएँ । विवाहमा लगाएको कालो कोट पछिसम्म पनि वकालत गर्दा लगाएँ । विवाहका ती कपडा अहिले पनि सुरक्षित छन् ।
विवाहमा दाजुहरुलाई बोलाएको थिएँ, तर उहाँहरु आउन सक्नु भएन । जेठा दाजुको छोरा नरेन्द्र मसँगै बसेर पढ्थे । घरबेटी, उनका परिवारका सदस्य र त्यही घरमा भाडामा बस्ने करिव ८÷१० इष्टमित्र हाम्रो विवाहका सहयोगी र जन्ती बने । जन्ती लैजाननेपालगञ्ज–कोहलपुर चल्ने पछाडी पर्दा भएको सानो जीप भाडामा लिएको थिएँ ।
२०५५ फागुन २७ गते, विवाहको दिन ।
मेरा लागि यो विशेष दिन थियो । नयाँ जीवनको यात्रा तय गर्दै थिएँ । यात्रामा साथ दिन उता कन्चन प्रतिक्षारत थिइन् ।
विवाहका दिन जति नै छिटो गर्छु भने पनि ढिलो भई हाल्दो रहेछ । नेपालगञ्जबाट जन्ती निस्किनै ढिला भयो । हामीलाई दिउँसो चाडै पुग्नु थियो । एक त निस्किँदै ढिला भयो, त्यसमा पनि सानो गाडी भएकाले समयमा पुग्न सकिएन ।
६ छोरीमध्ये कन्चन माइली थिइन् । धुमधाम बाजागाजासहित राम्रो गाडीमा जन्ती आउँछन् होला भनेर माइती पक्ष प्रतिक्षामा थिए, सायद । तर, मेरो अवस्था त्यस्तो थिएन । हामी सानो टुकटुके जीपमा आएको देखेर गाउँछिमेकीले मुखामुख गरिरहेका थिए ।
राती विवाहको कार्य प्रारम्भ भयो । विवाहको क्रममा गरिने धार्मिक तथा सांस्कृतिक विधि विधान मलाई खासै थाह थिएन । विधि नपुगेर धेरै गल्ती भएछन्, पण्डितजी भन्दैथिए । थकाई र निन्द्राका कारण विवाह छोट्याउन हामीले पण्डितजीको समेत सहयोग लियौँ । आफ्नै विवाहमा चिटिङ गरेको सम्झिँदा अहिले पनि मलाई हाँसो लाग्छ ।
भोलिपल्ट माइती पक्षले आपैm गाडीको व्यवस्था गरी समानहरु पठाई थिए । अर्को गाडीमा माइती पक्ष केही सदस्य पनि संगै आए । आज सम्झिदा मैले विवाहको तयारी नै नगरेझै लाग्छ । के ठानिएछ कुन्नी, बिहे त केटाकेटीको खेलौना जस्तै पो गर्न खोजिएछ । पूर्वतयारी, आफन्त, गाडीको उचित व्यवस्था, आवश्यक सामग्री केही पनि व्यवस्था गर्न नसकेको देखियो । बरु बागेश्वरी मन्दिरमा विवाह गरेको भए केही इज्जत बच्थ्यो कि !
पढेर मात्रै हँुदैन, अनुभव ठूलो कुरा हुँदोरहेछ । हामी जुन समाज, संस्कार र सँस्कृतिमा हुर्केका छौँ, यहाँको रितिरिवाज र प्रचलनलाई पालना गर्नु पर्ने रहेछ । विवाह वास्तवमा पवित्र बन्धन हो । विवाहका आ–आफ्नै विधि र प्रक्रिया हुन्छन् । ती सबै अवलम्बन गर्न नसक्ने भए मैले बागेश्वरी मन्दिरमै विवाह गर्न अडान लिनुप¥थ्र्यो । मैले आफ्नो समस्याबारे मात्र सोचेछु, घरपरिवार, समाज, धर्म, र संस्कृतिबारे नसोचेकोमा मलाइ सधै पछुतो रह्यो ।
जे जसरी भए पनि मगनीको तीन वर्षपछि हामी विवाह बन्धनमा बाँधियांै । विवाहसंग जोडिएका सबै चिन्ताबाट मैले मुक्ति पाएँ । जे होला देखाजाला भन्ने सोँचेर अघि बढियो । नयाँ जीवनको शुरुवात भयो ।