बाँकेका प्रहरी हिरासतमा क्षमता भन्दा बढी थुनुवा, ५७ प्रतिशत लागु औषधका

बाँकेका प्रहरी हिरासतमा क्षमता भन्दा दोब्वर बढी थुनुवा हुँदा माघको जाडोमा थुनुवाहरुले कष्ठकर दैनिकी बिताउनु परेको छ । साँघुरा हिरासत कक्षमा उनीहरुलाई खुट्टा फैलाएर सुत्न त के राम्ररी बस्न समेत ठाउँ पुग्दैन । शौच जान र नुवाई धुवाईमा पनि त्यकिकै समस्या छ । हिरासत कक्षमा प्रर्याप्त ओड्ने ओछ्याउने कपडा नहुँदा माघको जाडोमा थुनुवाहरु कठ्याङरियर बस्नु परेको छ । केहीले घरबाट कपडा ल्याएर सुत्ने बस्ने गरेका भए पनि घरबाट ल्याउन नसक्नेहरुलाई बस्न समस्या पर्ने गरेको छ । हिरासत अनुगमनमा पुगेका अधिकारकर्मीहरुलाई थुनुवाका कमाण्डरले कपडा ल्याउन नसक्नेलाई आफुहरुले सहयोग गर्ने गरेको जानकारी दिएका थिए ।


एडभोकेसी फोरमका अधिवक्ता वसन्त गौतम र बाँके जिल्ला अदालतका बालमनोबिज्ञ सुदिप कुमार भट्टराई शुक्रवार बाँकेका बिभिन्न हिरासत केन्द्रको अनुगमन गरेको थियो । हिरासत अनुगमनका क्रममा झण्डै २५ जनाको क्षमता भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा हाल ३७ थुनुवा छन् भने १५ जनाको क्षमता भएको इलाका प्रहरी कार्यालय कोहलपुरमा क्षमता अनुसार नै १५ थुनुवा रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका पुरुष थुनुवा कक्षमा २ जना र महिला थुनुवा कक्षमा ४ जना महिला थुनुवा रहेका छन् ।


तुलनात्मक रुपमा यतिबेला कम थुनुवा भए पनि कहिलेकाहीँ जिल्ला प्रहरी कार्यालय बाँकेमा मात्रै ८०÷९० जना सम्म थुनुवाहरु पुग्ने गर्दछन् । गणतन्त्र स्थापना भए पश्चात धेरै संरचनामा सुधार भए पनि हिरासत, र कारागार सुधार हुन नसकेको अनुगमनमा पुगेका अधिकारकर्मी वसन्त गौतमले बताए । निरंकुश शासन कालमा धेरै राजनेताहरु हिरासत र कारागारमा बसेको भए पनि सुधार तर्फ उनीहरुको ध्यान पुगेको पाइँदैन । हिरासत कक्ष साँघुरा छन् । पर्याप्त प्रकाश छैन, शौचालयको समस्या छ भने, आवश्यक मात्रामा ओड्ने ओछ्याउने कपडा छैनन् । कोरोना कहरमा थुनुवाहरु कोचाकोच बस्नु परेको छ ।


त्यस्तै अवस्था छ बाँकेको बालसुधार गृहको पनि ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १२३ जना कानूनी बिवादमा परेका बालक छन् । एउटै कोठामा ३०÷४० जनासम्म बस्नु पर्ने अवस्था रहेको अधिकारर्मी गौतमले बताउछन् ।


कुनै अपराधको आरोप लागेका ब्यक्तिले कानून बमोजिम सजाय पाउने कुरालाई अन्यथा मान्न सकिदैन तर अपराध गरे वापत उनीहरुले हिरासतमा अमानवीय ब्यवहार र कष्टकरण जिवन बिताउनु पर्छ भन्ने होइन । क्षमता भन्दा बढी थुनुवा हुँदा थुनुवाले कष्टकर दैनिक बिताउनु परेका छ । साँघुरा कोठामा थुनुवाहरु कोच्चिएर बस्नु पर्ने एक आपसको सासले कोठा नै दुघन्धित बन्न पुगेको हिरासत अनुगमनमा पुगेका बाँके जिल्ला अदालतका बालमनोबिज्ञ सुदिप भट्टराईले जानकारी दिए ।


साघुरा कोठामा क्षमता भन्दा थुनुवा बस्नु पर्दा आफुहरुलाई बस्न निकै समस्या पर्ने गरेको, धेरै थुनुवा हुँदा शौच गर्न र नुवाईधुवाईमा समस्या परेको अनुगमन टोली समक्ष थुनुवाहरुले गुनासो गरेको थिए ।


तुलनात्मक रुपमा इलाका प्रहरी कार्यालय धनौली, भोगभगवानपुर र जमुनाहामा थुनुवाको सख्या कम रहने गर्दछ । हाल इलाका प्रहरी कार्यालय भगवानपुरमा ५ जना र इलाका प्रहरी कार्यालय धनौलीमा १ जना थुनुवा रहेका छन् । बढी थुनुवा हँुदा जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालयका थुनुवालाई इलाका प्रहरी कार्यालय जमुनाहामा राख्ने गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए ।


लागु औषधका ५७.१४ प्रतिशत
३७ जना थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका १५ पुरुष र १ महिला गरि १६ जना अर्थात ५७.१४ प्रतिशत प्रतिशत थुनुवा लागु औषधका मात्रै छन् । यसपछि अभद्र ब्यवहारका ६ जना, सवारी ज्यानका ३, झुट्ठा विवरण पेश गरि नागरिकता लिएको ३, मानव बेचबिखन ३ जना र ज्यान मार्ने उद्योग, चोरी, जजरजस्ती करणी, हात हतियार तथा खरखजाना, सरकारी कागज किर्ते, डाँका चोरी, ठगिका १÷१ थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।


यसैगरि १५ जना थुनुवाको मुद्दा चलाएको रहेको इलाका प्रहरी कार्यालय कोहलपुरमा सबै भन्दा बढी जवरजस्ती करणी मुद्दाका रहेका छन् । त्यस पछि लागु औषध र सवारी ज्यानका मुद्दाका ३/३ र अभद्र ब्यवहार र मानव बेचबिखन तथा ओसार पसारका २/२ थुनुवा रहेका छन् ।

यौनजन्य अपराधमा बाल अपारध बढ्दो

बालसुधार गृह बाँकेमा ४७ जना कानुनी बिवादमा परेका बालक जवरजस्ती करणी मुद्दाका छन् । बाँके सहित बिभिन्न जिल्लाबाट आएका बालकहरु उल्लेख्य सख्यामा जवरजस्ती करणी मुद्दाका हुनु चिन्ताको बिषय बनेको छ ।


बाँकेका पनि हाल अपराध अनुसन्धानको क्रममा एक १४ बर्षे बालक जवरजस्ती करणी मुद्दाको आरोपमा अपराध अनुसन्धानको क्रममा हिरासतमा छन् । एक आफु भन्दा झण्डै दोब्बर जेठी महिलालाई जजरजस्ती करणी गरेको आरोप उनी माथी लागेको छ । तर बालकले भने ति महिलाले नै आफुलाई शारिरीक सम्पर्क गर्न बाध्य पारेका बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया