टूर डि ठाकुरद्वाराको तयारी, लोगो सार्वजनिक

पर्यटनका लागि साइकल

टूर दि ठाकुरद्वारा साइकल यात्राको तेस्रो संस्करण आयोजनाका लागि जुटेकाका छन् । नेपालगन्ज साइक्लिङ क्लब र नाटा बाँकेले माघ २३–२४ गते आयोजना तय गरेको तेस्रो संस्करणको लोगा सार्वजनिक गर्नुका लागि सचिवालय सञ्चालनमा ल्याएको छ । लोगो नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष बिक्रम थापा, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, सञ्जय थापा लगायतले सार्वजनिक गरेका हुन् ।

यसअघि मंगलवार टूर दि ठाकुरद्वारा साइकल यात्राको तेस्रो संस्करण आयोजनाका लागि सरोकारवालासँग छलफल गरिएको छ । टूर दि ठाकुरद्वारा साइकल यात्राको तस्रो संस्करण आयोजनाका लागि पूर्व तयारीका छलफल गरिएको हो । क्लब अध्यक्ष गगन थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले पर्यटनको विकासका लागि साइकल यात्रा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालगन्ज उपमहानगर पालिकाका नगरप्रमुख डा. धबल शम्शेर राणाले नेपालगन्जलाई साइकलमैत्री बनाउन हरसम्भव कोशिश गर्ने बताए । उनले विदेशी पर्यटकलाई मध्यनजर नेपालगन्जमा क्यासिनोको सञ्चालनलाई जोड दिइएको बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, बाँकेका सहायक प्रजिअ दीर्घराज उपाध्याय, टुरिज्जम बोर्डका प्रतिनिधि सन्तोष बिक्रम थापा, नाटा बाँकेको अध्यक्ष श्रीराम सिग्देल। उपाध्यक्ष डिल्ली रेग्मी, राप्रपा नेता ऋषिराज देवकोटा, नेकपाका प्रेम सापकोटा लगायतले विभिन्न धारणा राख्दै आयोजना सफल बनाउन सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

कोरोना संक्रमणले ध्वस्त पर्यटन क्षेत्रको पुनःउत्थानका लागि आयोजनाले गतिलो सन्देश दिने आशा गरिएको आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश सहसंयोजक श्रीराम सिग्देलको भनाइ छ । कार्यक्रम संयोजक शतिश निरौलाका अनुसार, यस वर्ष टूर दि ठाकुरद्वारामा भारत लगायत देशभरको २०० साईक्लिष्टको सहभागिता रहनेछ ।

कार्यक्रममा अघिल्ला दुई संस्करणको आयव्यय पनि सार्वजनिक गरिएको क्बल सचिव सुरेन्द्रदिप कार्कीले जानकारी दिए । ‘कार्यक्रमको प्रमुख उद्देश्य कोभिडका कारण शिथिल अवस्थामा रहेको पर्यटनलाई आन्तरिक पर्यटनका माध्यमबाट चलायमान गराउने हो,’ अध्यक्ष थापाले भने, ‘प्रकृति संरक्षणमा जोड दिदै साइकल चलाउदा हुने फाइदाका बारे जनचेतना बढाउने हो ।’

प्रतिक्रिया

प्रतिक्रिया